बुधबार, मंसिर ९,२०८३ 05:09:55
  • बुधबार, मंसिर ९,२०८३ 05:09:55
Global IME Bank Limited

भिसाबाट हिमालयन बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, डिजिटल भुक्तानी कारोबारमा अग्रणी

Bizshala
भिसाबाट हिमालयन बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, डिजिटल भुक्तानी कारोबारमा अग्रणी
New Office

 

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

बैंकले डिजिटल भुक्तानी कारोबारमा हासिल गरेको उपलब्धि तथा पीओएस (प्वाइन्ट अफ सेल) मार्फत हुने कारोबारमा पुर्‍याएको योगदानको कदर गर्दै दुई विधामा सम्मान गरिएको हो।

बैंकले ‘Excellence in Contactless Acquiring’ र ‘Excellence in POS Acquiring Business – Principal Client’ विधामा अवार्ड प्राप्त गरेको छ।

हिमालयन बैंकले नेपालमा भिसा कार्डमार्फत भुक्तानी स्वीकार गर्ने व्यवसाय सुरु भएदेखि नै आफू अग्रणी स्थानमा रहँदै आएको जनाएको छ। बैंकका अनुसार कार्ड भुक्तानी स्वीकार गर्ने सेवा विस्तार तथा व्यापारिक प्रतिष्ठानहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराउने कार्यमा बैंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

सम्पर्करहित भुक्तानी प्रणालीको विस्तारसँगै ग्राहकहरूले कार्ड स्वाइप वा मेसिनमा प्रवेश नगराई सहज रूपमा कारोबार गर्न सक्ने सुविधा विस्तार हुँदै गएको छ। यसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै भुक्तानी प्रक्रियालाई छिटो र सुविधाजनक बनाउन सहयोग पुर्‍याएको छ।

बैंकले पीओएस मेसिनमार्फत हुने भुक्तानी कारोबारलाई थप विस्तार गर्दै व्यापारिक प्रतिष्ठान तथा उपभोक्तालाई आधुनिक भुक्तानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

बैंकले प्राप्त गरेको सम्मानलाई डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवामा गरिएको निरन्तर लगानी र सुधारको उपलब्धिका रूपमा लिएको छ।

यस उपलब्धिका लागि बैंकले भिसा इन्टरनेसनल, आफ्ना ग्राहक, व्यापारिक साझेदार तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।

डिजिटल कारोबारप्रति ग्राहकको आकर्षण बढ्दै गएको अवस्थामा आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित, सहज र भरपर्दो भुक्तानी सेवा विस्तारलाई निरन्तरता दिने बैंकको प्रतिबद्धता छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.