काठमाण्डौ । नेपालका लागी थाइल्याण्डका नवनियुक्त राजदुत सुवापोङ सिरिसोर्नलाई नेपाल–थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज सम्बद्ध व्यवसायीले काठमाण्डौमा स्वागत गरेका छन्। व्यवसायीले एक कार्यक्रमका बीच राजदूत सुवापोङ र दुतावासका कर्मचारीलाई पुष्पगुच्छा र मायाको चिनो दिएर स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा नेपाल–थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष अजय मुडभरीले नेपाली व्यवसायीले थाइल्याण्डका अवसर र सदुपयोग गर्न सक्नेगरी सम्भावना खोजिरहेको बताउँदै नवनियुक्त राजदुतलाई सो कार्यमा सहयोग पुर्याउन आग्रह गरे।
उनले नेपाल र थाइल्याण्ड बीचमा सुमधुर दौत्य सम्बन्ध रहेको चर्चा गर्दै नवनियुक्त राजदुतले सो सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष मुडभरीले हालैमात्र नेपालमा कार्यकाल सकेर स्वदेश फर्केका पूर्वराजदुत थाई सरकारको विदेशमन्त्री भएको उल्लेख गर्दै यसले दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्ने बताए।
त्यसैगरी, राजदुत सुवापोङले प्राकृतिक सुन्दरताले भरिएको नेपालको आफ्नो कार्यकाल उत्साहजनक रहने बताए।
‘मैले राष्ट्रपतिज्यूलाई भेटे, उहाँले नेपाल सुन्दर छ भन्नुभएको थियो, मैले देखेका ठाउँहरु त्यसै सुन्दर छन्,’ उनले भने।
राजदुतले आफ्नो कार्यकालमा सक्ने जति सहयोग गर्न सधै तत्पर रहने भन्दै व्यवसायीलाई आश्वस्त पनि पारे।कार्यक्रममा नेपाल–थाइल्याण्ड चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज सम्बद्ध करिब ४० व्यवसायी सहभागी थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।