काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८१ ८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेको छ ।
सोमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल विनियोजनको ६१.३१ प्रतिशत छुट्याइएको छ।
यस्तै, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत छुट्याइएको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड छुट्याइएको छ । यो भनेको बजेटको १९.७४ प्रतित हो ।
यो खर्च अनुमान चालु आर्थिक वर्षको ६.२ प्रतिशतले बढी हो भने संसोधित अनुमानभन्दा २१ प्रतिशतले बढी हो ।
सरकारले स्रोततर्फ राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ ।
वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड स्रोतको अनुमान गरिएको छ ।
यसरी कुल ५ खर्ब ४७ अर्ब न्यून स्रोत प्रस्तुत भएकोमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने र बाँकी वैदेशिक ऋणबाट स्रोतको सुनिश्चितता हुने अर्थमन्त्रीको दाबी छ ।