काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदरको अनुमान घोषणा गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष मुद्रास्फितिलाई ५.५ प्रतिशतमा सीमित राख्ने घोषणा समेत गरिएको छ ।
अनुमानित आर्थिक वृद्धिदर र मुद्रास्फिति दरलाई सहयोग पुग्ने तथा बजेटमा उल्लेख नीति तथा कार्यक्रमको कार्यान्वयनमा सहयोग पुग्ने गरी नेपाल राष्ट्रबैंकबाट मौद्रिक नीति तर्जुमा हुने समेत अर्थमन्त्रीको अपेक्षा छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।