सोमबार, असार २,२०८२ 12:31:50
  • सोमबार, असार २,२०८२ 12:31:50
Global IME Bank Limited

सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता

Hyundai Nepal
सहकारी पीडितलाई ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने अर्थमन्त्रीको प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । ‘सहकारी समस्यामा सञ्चालक वा एकाघरका परिवार सदस्यबाट राखिएका सम्पत्ति धितो वा कम्तीमा ५ लाख रुपैयाँ भए पनि बचतकर्ता सदस्यलाई फिर्ता गर्ने प्रस्ताव गरिएको छ, यसले बचत तथा ऋण सहकारीमा देखिएको समस्या समाधानमा हाम्रो सानो कोसिस देखाउँछ ।’ अर्थमन्त्री पुनले भने ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै मन्त्री पुनले सहकारीमा लागेका लाई निरुत्साहित नहुन र गल्ती गरिएको नठान्न आग्रह गरेका समेत गरे । अर्थमन्त्रीले भने, ‘संविधानले सहकारीलाई एउटा खम्बा मानेको छ, सहकारी क्षेत्रले राम्रो गरेको छ तर केही सहकारीका सिद्धान्त र कानुन विरीत चलेका सहकारीहरुले गर्दा यो क्षेत्र बदनाम भएको छ, यो क्षेत्र सानो पूँजी, सानो श्रम, सानो अनुभव र कारोबारलाई एकीकृत गरेर ठूलो श्रम, ठूलो शक्ति, ठूलो प्रत्यन्त र पूँजी बनाउने माध्यम हो । यो हाम्रो लागि जरुरी छ । त्यसकारण सहकारीकर्ताले निरुत्साहित हुनुपर्ने वा गल्ती नगरेकाहरूले सहकारीमा लागियो, गल्ती गरियो भन्ठान्नु पर्दैन ।’  

अर्थमन्त्री पुनले उक्त अवसरमा समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याई सुधार गर्दै जाने समेत बताए ।  हामीले बजेटमा सहकारीलाई  संरचनागत र नीतिगत सुधार गर्ने विषय पनि समेटेका छौं’ उनले भने ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.