बुधबार, भाद्र २५,२०८२ 10:28:16
  • बुधबार, भाद्र २५,२०८२ 10:28:16
Global IME Bank Limited

निजी क्षेत्रको मनोबल उच्च बनाउँदै देश विकासमासँगै अघि बढ्छौंः अर्थमन्त्री पुन

Hyundai Nepal
निजी क्षेत्रको मनोबल उच्च बनाउँदै देश विकासमासँगै अघि बढ्छौंः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई साथमा लिएर देशको विकासमा अघि बढ्ने बताएका छन् । बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  

‘हामी निजी क्षेत्रलाई संँगै लिएर विकासको यात्रामा अघि बढ्ने तयारीमा छौं, विश्वका अन्य देशको अनुभवले पनि यस्तै देखाउँछ,’ उनले भने,‘निजी क्षेत्रको मनोबल उच्च गर्ने,प्राथमिकता दिने, विश्वासमा लिने र साथमा लिएर हिड्ने प्रयास गरेका छौं, सबै क्षेत्रलाई निजी क्षेत्रमैत्री बनाउने प्रयास गरेका छौं, हाम्रा सीमा र अवस्थितीहरुले अनुमति दिएसम्म निजी क्षेत्रलाई साथै लिएर जाने हाम्रो योजना छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ठूला पूर्वाधार जस्तै विमानस्थल,सडक,पुल र नयाँ खालका निर्माणहरुमा सरकारल एक्लैले खर्च गर्न नसक्ने भएकाले यी क्षेत्रमा निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने अर्थमन्त्री पुनले बताए । ‘ठूला पूर्वाधार निर्माण सम्पन्न गर्न अरबौ रकम चाहिन्छ । जसलाई राज्यले एक्लै पुरा गर्न सक्दैन । तीव्र गतिको विकास निर्माणका लागि निजी क्षेत्रलाई अघि ल्याउनुपर्छ भनेर बजेटमा यस्ता विषय पनि समेटेका छौं ।’ उनले भने ।   

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.