शुक्रबार, जेष्ठ १,२०८३ 04:28:59
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:28:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लचक मौद्रिक नीति आउने राष्ट्र बैंकको संकेत, तरलता अझै सहज बनाइने

Laxmi Sunrise Bank Limited
लचक मौद्रिक नीति आउने राष्ट्र बैंकको संकेत, तरलता अझै सहज बनाइने
Shivam Cement

काठमाण्डौ । सेयर बजार आशा नै आशाको खेति हुने ठाउँ हो । यहाँ लागानीकर्ताहरुले भविष्यको सम्भावनालाई मध्यनजर गरेर लगानी गरेका हुन्छन् । सेयर बजारलाई बिभिन्न तत्वहरुले प्रभाव पार्ने गर्छ । सरकारको नीति तथा राष्ट्र बैंकको म्रौद्रिक नीतिले बजारलाई ठूलै प्रभाव पार्छ । त्यहि कारण लगानीकर्ताहरले बजेट र मौद्रिक नीतिलाई निकै चासोका साथ हेरेका हुन्छन् ।  

लगानीकर्ताहरुले अपेक्षा गरे जस्तो बजेट नआएपछि अहिले सेयर बजार लगातार २ दिन घटेको छ । बजेटबाट सेयर बजारको विषयमा केहि नयाँ कुरा नआएपछि अब लगानीकर्ताहरुको ध्यान राष्ट्र बैंकको मौद्रिक नीति तर्फ मोडिएको छ । यस्तोमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आगामी मौद्रिक नीति बजारलाई चलायमान बनाउने गरि लचक हुने संकेत दिएका छन् । आज नाफिजले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा मिश्रले वित्तीय क्षेत्रको सुधार गर्दै घर जग्गालाई डिजिटलाइजेसन गरिने बताए ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताए । उक्त कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले बताए । ‘बजेट यस्तो नीति आउनु एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘यसको नेतृत्व लिने राष्ट्र बैंकले नै हो । त्यसका लागि हामी तयार नै छौं ।’उनले भने ।  

यस्तै, उनले बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादम्यता मिलाएको पनि बताए । यसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने उनले बताए ।

यसैगरि डिजिटल भुक्तानीको प्रवद्र्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमी लगायत विषयलाई बजेटमा समावेश गर्दै वित्तीय क्षेत्र सुधार गर्ने बजेटको घोषणाले राष्ट्र बैंकको कार्यक्रमलाई थप सहयोग पुग्ने उनले बताए ।

Bizshala
New Office
CG Motors

यस्तै, उनले कृषिमा आवश्यक पर्ने लगानीलाई केन्द्रीय बैंकले कम हुन नदिने प्रतिवद्धता गरे । यसैगरि घर कर्जाको कारोबार तथा फुकुवा, कर सम्बन्धी काम, मालपोत लगायतका बीचमा डिजिटल प्लेटफर्म बनाइ बैंकको माध्यमबाट काम गर्ने नीति आउनु पनि राम्रो पक्ष भएको डेपुटी गभर्नर मिश्रको भनाइ छ ।  

मिश्रले बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनरसंरचना गरिने पनि उनले बताए । यसका लागि छुट्टै कमिटी नै बनाएर काम गरिने उनको भनाइ छ । आगामी दिनमा आवश्यक पुनरसंरचना गरि यसलाई थप प्रभावकारी बनाउने उनले बताए ।  

यस्तै, उनले ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ प्रतिशतमा मूद्रास्फीति  सिमित राख्ने र १२ प्रतिशत प्रतिशतको कर्जा बृद्धि गर्ने लक्ष्य पुरा हुने पनि उनले बताए । चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत बैंकहरुलाई पुँजी पर्याप्ततामा सहजीकरण गरिसकेको हुदाँ यो लक्ष्य प्राप्ती  गर्न सहज हुने उनले बताए । समग्रमा यसअघि नै केन्द्रीय बैंक त्यसतर्फ अगाडि बढि सकेको उनले बताए । साथै, आर्थिक गतिविधि चलायमान बनाउने गरि आगामी आवको मौद्रिक नीति बनाउने तयारी भइरहेको पनि उनले बताए ।

‘निजी क्षेत्रले लचक मौद्रिक नीति आवश्यक रहेको बताएको छ । मौद्रिक नीति त अहिले पनि लचक नै छ । व्याजदर पनि धेरै कम भइसकेको छ,’ उनले भने, ‘यद्यपि, अर्थतन्त्र चलायमान बनाउन आगामी आवको मौद्रिक नीतिबाट के कस्तो व्यवस्था गर्न सकिन्छ । त्यसमा हामी सकरात्मक छौं ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X