मंगलवार, आश्विन १३,२०८३ 11:26:08
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:26:08
Bizshala
Global IME Bank Limited

चन्द्रागिरिमा निःशुल्क सवारी साधन परीक्षण कार्यक्रम सम्पन्न,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण

Bizshala
चन्द्रागिरिमा निःशुल्क सवारी साधन परीक्षण कार्यक्रम सम्पन्न,१०० मा ५६ सवारी साधन मात्रै उत्सर्जन परीक्षणमा उत्तीर्ण
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बढ्दो वायु प्रदूषणलाई कम गर्ने प्रयास स्वरुप चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा निःशूल्क सवारी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले युएसआईडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँग सहकार्य गरेर जेठ १६ र १७ गते उक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो ।  

उक्त अवसरमा उत्सर्जन परीक्षण पास गर्ने सवारी साधनलाई हरियो स्टिकर प्रदान गरिएको थियोे । २ दिने शिविरमा १०० सवारी साधनको परिक्षण गरिएको थियो जसमा ५६ सवारी साधन उत्सर्जन परीक्षणमा उत्तीर्ण भएका थिए भने हरियो स्टिकर नभएका २५ सवारी साधनले हरियो स्टिकर प्राप्त गरेका थिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समयमै सवारी साधन मर्मत सम्भार गर्न नसक्नु, इन्जिनको खराब अवस्था हुनु, एयर फिल्टर बन्द हुनु, इग्निशन कोइल, स्पार्क प्लग, विद्युतीय सर्किट र इएफआई प्रणाली जस्ता भागहरूमा समस्या हुनु,हावा र इन्धनको असन्तुलित अनुपात, ईजिआर भल्भको कमजोर काम, कम गुणस्तरको इन्धन र लुब्रिकेन्टको प्रयोग, र टर्बो चार्जर र सुपर चार्जरको समस्या सवारी साधनको उत्सर्जनमा वृद्धि हुनुका मुख्य कारणहरु हुन् । नियमित रूपमा सवारी साधनको अवस्था परीक्षण गर्ने, सवारी साधनको नियमित सर्भिसिङ गर्ने, र वातावरणीय स्वच्छतामा ध्यान दिने हो भने हामीले वायु प्रदूषण धेरै हद सम्म न्यूनिकरण गर्न सकिन्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.