बुधबार, श्रावण १३,२०८३ 02:23:44
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:23:44
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाण्डौको कमलादीमा रहेको स्काईवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालि. सँग स्काइवाक टावरको टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  

यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट काड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।  

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  

त्यसैगरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.