काठमाण्डो । शुभम् पावर लिमिटेडले निर्माण गरी सञ्चालनमा रहेको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको छ । ९९० किलोवाट क्षमताको यो आयोजनाबाट जेठ २२ गतेदेखि पुनःविद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।
गत वर्षको असार २ गते बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरु क्षती भइ आयोजनको विद्युत उत्पादन बन्द हुन गएको थियो । उक्त क्षतीग्रस्त आयोजनाको पुनःनिर्माण कार्य एंव पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र मर्मत कार्य सम्पन्न भई आयोजना पुनः सञ्चालनमा ल्याएको कम्पनीले उल्लेख गरेको छ ।