शुभम् पावरको नाफा १६८% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धिको संकेत दिएको छ। यद्यपि कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत बिक्री घट्दा नाफा वृद्धि भने गैर–सञ्चालन आम्दानी र खर्च कटौतीको प्रभावले सम्भव भएको देखिएको छ।सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा...

