सोमबार, असार २,२०८२ 06:23:53
  • सोमबार, असार २,२०८२ 06:23:53
Global IME Bank Limited

शुभम पावरको नाफा ४८% ले घट्यो, ईपीएस ०.६४ रुपैयाँ मात्रै

Hyundai Nepal
शुभम पावरको नाफा ४८% ले घट्यो, ईपीएस ०.६४ रुपैयाँ मात्रै
Nabil Bank Limited

काठमाण्डौ । शुभम पावर लिमिटेडले ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्ममा आर्जन गरेको यो मुनाफा अघिल्लो आवको  तुलनामा ४८.९९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१ लाख ५६ हजार रुपैयाँबराबरको नाफा कमाएको थियो ।  

कम्पनीको तल्लो पिपुवा खोला जलविद्युत आयोजना २०८० असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएकोमा गत जेठ २० गतेबाट निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । कम्पनीले विद्युत बिक्रीबाट २४ लाख १७ हजार र बीमाबाट १ करोड ६० लाख रपैयाँ कमाएको छ । कम्पनीको प्रशासनिक खर्च ५१ लाख ३० हजार रुपैयाँबाट घटेर २० लाख २५ हजार रुपैयाँमा सीमित बनेको छ । यो अवधिसम्म कम्पनीको वित्त ५१ लाख १ हजार र ह्रासकट्टी खर्च ५० लाख २६ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ १ करोड ४९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड २५ लाख र कुल चालु दायित्व ५ करोड ७ठ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) ०.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९२.५२ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १३७.६३ रुपैयाँ,पीई अनुपात ११९२.३८ गुणा र तरलता अनुपात १.०८ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.