काठमाण्डौ । शुभम पावर लिमिटेड ६४ लाख ४० हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीको तल्लो पिपुवा खोला जलविद्युत आयोजना गत असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएपछि विद्युत उत्पादन ठप्प हुँदा कम्पनी घाटामा गएको हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४१ लाख ४३ हजार रुपैयाँले नाफामा थियो ।
समीक्षा अवधिसम्म कम्पनीको परियोजना खर्च ९ लाख ९२ हजार र प्रशासनिक खर्च ९ लाख ५१ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ २ करोड २३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको नगद मौज्जाद ३९ लाख ७६ हजार र अल्पकालिन कर्जा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)६.४४ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८८.८३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२०.१५ रुपैयाँ,पीई अनुपात ११०.०९ रुपैयाँ ऋणात्मक र तरलता अनुपात १.७३ गुणा कायम भएको छ ।