काठमाण्डौ । शुभम् पावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा भारी घटेको छ।
कम्पनीले असोज मसान्तसम्म १७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ करोड ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा नाफा करिब ८२.२२ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानीसमेत घटेको छ। कम्पनीले पहिलो त्रैमासमा ५९ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ६२ लाख ३२ हजार रुपैयाँ थियो।
कम्पनीको सञ्चालन नाफा ४० लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा सञ्चालन नाफा १ करोड ३९ लाख २१ हजार रुपैयाँ थियो।
पहिलो त्रैमासमा कम्पनीको वित्तीय खर्च ४ लाख ५० हजार रुपैयाँ र ह्रासकट्टी खर्च १५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ९२ लाख ५७ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २४ करोड ५१ लाख रुपैयाँभन्दा बढी छ। कम्पनीको बैंक ऋण २ करोड ६७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.१८ रुपैयाँ र पीई रेसियो १८५.१६ गुणा रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।