काठमाण्डौ हुवावेले नेपालका विश्वविद्यालयहरुमा आफ्नो ‘सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ । रोड शोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो ? यो नेपाल लगायत विश्वका अन्य देशहरुमा कसरी गरिन्छ ? भन्ने बारेमा जानकारी गराइएको थियो । यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र विभिन्न संकायका विधार्थीहरु सहभागी थिए ।
नेपालमा आईसीटी इकोे–सिस्टमलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सिड्स फर द फ्युचर नेपाल’कार्यक्रमको उद्घाटन भएसँथै हुवावेले विद्यार्थीहरूलाई कार्यक्रमका बारेमा विभिन्न सत्रहरू प्रदान गर्न, यसका उदेश्यहरूसँग उनीहरूको संलग्नता अभिवृद्धि गर्न यो रोड शोको सुरुवात गरेको जनाएको छ ।
यही जेठ २२ गते काठमाण्डौ विश्वविद्यालयबाट सुरु भएको रोड शो जेठ २३ गते नेशनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी हुँदै जेठ २३ गते त्रिभुवन विश्वविद्यालयमा समापन भएको थियो । साथ,ै जेठ २७ को लागि तोकिएको – सिड्स फर फ्युचर’ का लागि आवेदन दिने अन्तिम म्यादसँगै विद्यार्थीहरूलाई यो अवसरको लागि आवेदन दिन प्रोफेसरहरू र सीड्सका पूर्व छात्रहरूले प्रोत्साहित गरेका थिए ।
सो अवसरमा अघिल्लो ’सिड्स फर फ्युचर’ कार्यक्रमहरूका पूर्व विद्यार्थीहरूले विभिन्न कार्यक्रममा उपस्थितभई आवेदन प्रक्रिया, छनोट मापदण्ड, र उनीहरूको अमूल्य यात्रालाई हाईलाइट गर्दै आफ्ना अनुभवहरू साटेका थिए ।
इच्छुक विद्यार्थीहरूले कम्पनीका प्रतिनिधिहरूसँग संलग्न हुने अवसर पाए ।