हुवावेको आम्दानी रकेर्डतोड स्तर नजिक, नाफाको अवस्था कस्तो ?
काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको आम्दानी हालसम्मकै उच्च नजिक पुगेको छ । कम्पनीले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै सन् २०२४ मा ८६२.१ बिलियन चिनियाँ युआन(१ खर्ब १८ अर्ब डलर)आम्दानी गरेको जनाएको हो । यो रकम वार्षिक रुपमा २२.४ प्रतिशतले बढी हो । यो कम्पनीको हालसम्मकै दोस्रो ठूलो आम्दानी हो । यसअघि सन् २०२० मा कम्पनीले ८९१.४ बिलियन युआनबराबर आम्दानी...