सोमबार, श्रावण १८,२०८३ 03:36:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:45
Bizshala
Global IME Bank Limited

हुवावेको आम्दानी रकेर्डतोड स्तर नजिक, नाफाको अवस्था कस्तो ?

हुवावेको आम्दानी रकेर्डतोड स्तर नजिक, नाफाको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको आम्दानी हालसम्मकै उच्च नजिक पुगेको छ । कम्पनीले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै सन् २०२४ मा ८६२.१ बिलियन चिनियाँ युआन(१ खर्ब १८ अर्ब डलर)आम्दानी गरेको जनाएको हो ।  

यो रकम वार्षिक रुपमा २२.४ प्रतिशतले बढी हो । यो कम्पनीको हालसम्मकै दोस्रो ठूलो आम्दानी हो । यसअघि सन् २०२० मा कम्पनीले ८९१.४ बिलियन युआनबराबर आम्दानी गरेको थियो । जुन कम्पनीले अहिलेसम्म आर्जन गरेको सबैभन्दा ठूलो रकम हो । 

यद्यपी सन् २०२४ मा कम्पनीको खुद नाफा भने ६२.६ बिलियन युआनले घटेको छ । यो रकम सन् २०२३ को तु,लनामा २८ प्रतिशतले कम हो । बढ्दो लगानीका कारण कम्पनीको खुद नाफामा घटेको कम्पनीले जनाएको छ । अमेरिकाले सेमीकन्डक्टर जस्तो मुख्य प्रविधिमा प्रतिबन्ध लगाएसँगै नयाँ व्यवसायी सम्झौताका कारण लगानी बढेको कम्पनीको भनाई छ ।  

कम्पनीले अनुसन्धान र विकासका लागि १७९.७ बिलियन युआन खर्च गरेको छ । जुन कम्पनीको आम्दानीको २०.८ प्रतिशत हुन आउछ । सन् २०२३ मा कम्पनीले यस्तो खर्च १६४.७ बिलियन युआनबराबर गरेको थियो ।  

हुवावेले एआई डेटा सेन्टर, क्लाउड कम्प्युटीङ र अटोमोटिभ टेक्नोलोजी जस्ता क्षेत्रमा आफ्नो व्यवसाय विविधिकरण गरिरहेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.