बुधबार, श्रावण २०,२०८३ 12:40:26
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:40:26
Bizshala
Global IME Bank Limited

राष्ट्रपति रामचन्द्र पौडेल अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन आज स्वीट्जरल्याण्ड जादैं

राष्ट्रपति रामचन्द्र पौडेल अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन आज स्वीट्जरल्याण्ड जादैं
New Office

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् । अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।  

राष्ट्रपतिले सो अवसरमा जेठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

यस्तै राष्ट्रपति पौडेलले स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । भ्रमण दलमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता परराष्ट्र मामिला विज्ञ डा.सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने छन् ।  

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.