Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 12:35:03
Bizshala
Global IME Bank Limited

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यमको टोलि मकैको अध्ययन गर्न बिहार भ्रमणमा

Hyundai Nepal
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यमको टोलि मकैको अध्ययन गर्न बिहार भ्रमणमा
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत नेतृत्वको टोलि भारत, बिहारको गुलाववाग भ्रमणमा गएको छ । उक्त टोली मकैको खेती, व्यापार र यसको बजारीकरण, बैंक फाइनान्स आदिको विषयमा अध्ययन गर्न त्यसतर्फ गएको हो ।  

उक्त टोलिलाई आज विराटनगरबाट बिदाई गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १५ वर्षको अवधिमा विहारमा कृषिले ठूलो फड्को मारेको छ यसको सिको नेपालका कृषक, र व्यवसायीहरुले पनि गर्नु पर्ने बताए । छिमेकी देशमा भइरहेको विकासको नमूनालाई हामीले उदाहरणका रुपमा लिएर अगाडी बढ्नु पर्ने र  भ्रमणका क्रममा  मकैको उत्पादन,  यसको खेती यसमा संलग्न व्यवसायीहरुसंगको अन्तरक्रियाबाट उठेका राय सुझावहरु मकैको व्यवसायीक खेतीका लागि प्रोत्साहन हुने विश्वास लिंदै टोलिलाई शुभकामना दिएका थिए ।  

CG Motors
Bizshala
Garima Development Bank

यसैगरी, भ्रमण टोलिलाई शुभकामना दिदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले कृषिलाई आत्मनिर्भर बनाउन भारतको केन्द्रिय र राज्य सरकारले धेरै सुविधाहरु दिए चर्चा गर्दै नेपालमा पनि यस्तो सुविधा दिएर कृषिको विकास गर्नु पर्ने कुरामा जोड दिएका थिए ।  

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका  सभापति डिवि बस्नेतले कृषि उद्यम केन्द्रले सिमिट नेपालको सहयोगमा पश्चिम नेपालको कपिलवस्तु, दाङ, बांके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा मकैको व्यवसायीक खेतीको शुरुआत गरेको र यसमा उक्त जिल्लाका कृषक, सहकारी, व्यवसायीहरुको सहभागिता रहेको जानकारी गराए । सिमेट नेपालको सहयोगमा कृषि उद्यम केन्द्रले शिप, ज्ञान, क्षमता अभिवृद्धि लगायत विभिन्न तालिमहरु दिएर मकै खेतीको व्यवसायीकरण गर्न प्रोत्साहन गर्दै आएको बताउंदै उक्त भ्रमण टोलिमा ६ जिल्लाका सहकारी, कृषक समूह, उद्योग वाणिज्य संघ, गाउंपालिका कृषि उद्योगका संचालक लगायत ३० जनाको सहभागीता रहेको बताएका थिए ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.