काठमाण्डौ । बढ्दो गर्मीका कारण आजभोली एयर कन्डिशनर(एसी)को प्रयोग सामान्य बनेको छ । अहिले घर होस् वा अफिसमा एसी लगाउनु आवश्यकता भईसकेको छ । तर केहि व्यक्तिहरुलाई भने पुरै दिन वा लामो समयसम्म एसीमा बस्ने बानी बसेको हुन्छ । यस्ता व्यक्तिहरुलाई थोरै समयका लागि पनि गर्मीको सामना गर्न सक्दैनन् ।
पक्कै पनि एसीले गर्मीबाट राहात प्रदान गर्छ नै । तर लामो समयसम्म एसी मै बस्दा भने यसले स्वास्थ्यसँग सम्बन्धित समस्याहरु समेत निम्त्याउन सक्छ । एसीको हावामा लामो समयसम्म रहँदा वा कम आद्र्रता भएको. वातावरणमा रहँदा छाला सुक्खा हुन थाल्छ । यस्तोमा टाउको दुख्ने र स्वासप्रस्वास सम्बन्धी समस्या पनि देखिन सक्छ ।
एसीमा लामो समयसम्म बस्दा कस्ता स्वास्थ्य सम्स्या देखा पर्न सक्छन् त ?
सुख्खा छाला
एसीमा धेरै लामो समय बस्दा यसले छालालाई सुख्खा बनाइदिन्छ । जसका कारण छाला चिलाउने समस्या समस्या देखिन सक्छ । यसले छाला बिग्रन पनि सक्छ । यसका साथै यसले आखालाई समेत सुख्खा बनाइदिन्छ । यसबाट बच्नका लागि अधिक पानी पिउनुका साथै मोइस्चराइजेशनको प्रयोग गर्नु पर्छ ।
थकान महशुस
लामो समयसम्म एसीमा बस्दा थकान महशुस हुन्छ । एसीमा आद्र्रता एकदमै कम हुने भएकाले यसले शरीरमा पानीको मात्रा कम हुन जान्छ । जसका कारण थकान महशुस हुन्छ । एसीको चिसो हावाका कारण रगत जम्ने प्रवृति बढ्न सक्छ । जसका कारण धमनीहरुमा रुकावट आउन सक्छ । एसीमा ताजा हावाको कमीका कारण अक्सिजनको कमी हुन्छ । जसले शरीरलाई कमजोर र थकित महशुस गराउछ ।
टाउको दुखाई
धेरै समय एसीमा बस्नेलाई टाउको दुख्ने समस्या पनि देखिन्छ । कहिलेकाही त रुघाखोकी समेत लाग्न सक्छ ।
स्वासप्रस्वासको समस्या
लामो समयसम्म एसीमा बस्दा स्वासप्रस्वासको समस्या पनि देखिन सक्छ । नाक बन्द ह्ुने,घाटीमा समस्या र राइनाटीस आदि हुन सक्छ । एसीको हावा धेरै सुख्खा र चिसो हुने भएकाले यो नाक तथा घाटीका लागि हानिकारक हुन सक्छ ।
‘सिक बिल्डिङ सिन्ड्रोम’को लक्ष्यण
सिक बिल्डिङ सिन्ड्रोमको कयौं लक्ष्यणहरु हुन सक्छन् । जसलाई पहिचान गर्न एकदमै आवश्यक हुन्छ । अचानक टाउको दुख्नु,सुख्खा खोकी,चक्कर लाग्नु, उल्टी हुनु वा ध्यान केन्द्रित गर्न समस्या आईरहेको छ भने यो सिक बिल्डिङ सिन्ड्रोमको लक्ष्यण हुन सक्छ ।