आईतवार, फाल्गुन ११,२०८१ 11:36:49
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:36:49
IME remit
Global IME Bank Limited

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै, हवाई र लघुबीमामा कम्पनीहरुको जोड

Hyundai Nepal
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै, हवाई र लघुबीमामा कम्पनीहरुको जोड
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्न पुगेको छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा निर्जीवन बीमकहरुले विभिन्न बीमालेखमार्फत कुल ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

जसमा मोटर बीमालेखमार्फत मात्रै १० अर्ब ९ करोड २१ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । यो प्रिमियम कुल व्यवसायको ३०.५१ प्रतिशत हिस्सा हो ।  

गत वर्षको यस अवधिसम्म निर्जीवन बीमकहरुले कुल ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा मोटर बीमालेखमार्फत मात्रै १० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए । गत वर्ष मोटर बीमाको हिस्सा मात्रै ३३.४६ प्रतिशत थियो ।  

गत वर्षको तुलनामा निर्जीवन बीमकहरुको मोटर बीमा व्यवसाय ७.७४ प्रतिशतले घटेको छ । निर्जीबन बीमा कम्पनीहरुले हाल ८ वटा बीमालेख बिक्रीमार्फत प्रिमियम संकलन गर्दै आइरहेका छन् । निर्जीवन बीमा व्यवसाय धानेको मोटर बीमालेख नै घट्न थालेपछि निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय भनेजस्तो बृद्धि हुन सकेको छैन ।  

निर्जीवन बीमा व्यवसाय धान्ने प्रमुख क्षेत्र मोटर बीमा नै मानिन्छ । तर, अर्थतन्त्रमा आएको संकुचनका कारण सवारीसाधनको बिक्री भनेजस्तो हुन सकेको छैन । जसकारण बीमा कम्पनीहरुको मोटर बीमा व्यवसाय समेत खुम्चिन पुगेको छ ।  

पछिल्लो समय नेपाली अटो क्षेत्र विद्युतीय सवारी ईभीमय बनेको छ । ईभी गाडीहरु धमाधम भित्रिएपनि त्यस्ता सवारीको लागि छुट्टै बीमादर कायम हुन सकेको छैन । नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारीका लागि छुट्टै निर्देशिका ल्याउन तयारी समेत गरेको छ ।  

हाल मोटर बीमा दरसम्बन्धी निर्देशिका २०७३ मा विद्युतीय मोटर बीमा प्राधिकरणको दायरामा छैन । मोटर बीमा दर निर्देशिका २०७३ को व्यवस्थाअनुसार बीमा गरिएमा विद्युतीय सवारी साधनको ‘डिप्रिसेसन’ वा क्षतिपूर्ति रकम कम हुने सवारी साधनवालाहरुको तर्क छ भने बीमा कम्पनीहरुले उक्त प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन परेमा उक्त प्रिमियम रकमले नधान्ने तर्क राख्दै आएका छन् ।  

विद्युतीय सवारीको बीमादरमा तर्क नमिल्दा बीमा कम्पनीहरुको मोटर बीमा व्यवसाय नै घट्न पुगेको छ ।  

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको कृषि तथा बाली बीमा व्यवसाय, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा व्यवसाय र सामून्द्रिक बीमालेख व्यवसाय समेत घट्न पुगेको छ ।  

सरकारले कृषि बीमामा छुट्याएको अनुदान दिन नसक्दा बीमकहरुको यस्तो व्यवसाय गत वर्षको तुलनामा १५.९८ प्रतिशतले घट्न पुगेको छ । गत वर्ष यस्तो बीमालेखमार्फत २ अर्ब ५५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुले चालु आवको वैशाखसम्म १ अर्ब ६८ लाख रुपैयाँमात्रै प्रिमियम कलेक्सन गरेका छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा २.४८ प्रतिशतले घटेर वैशाखसम्ममा ५ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ भने सामून्द्रिक बीमालेख २.७३ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।  

सम्पत्ति, हवाई र लघुबीमा व्यवसाय फस्टाउँदै  

निर्जीवन बीमा कम्पनीहरुको मोटर बीमा व्यवसाय घटेपनि सम्पत्ति बीमा व्यवसाय र लघुबीमाव्यवसाय भने गत वर्षको तुलनामा फस्टाएको छ ।  

गत वर्ष वैशाखसम्म सम्पत्ति बीमालेखमार्फत ७ अर्ब २२ करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन गरेकोमा यस वर्षको वैशाखसम्म १२.८९ प्रतिशतले बृद्धि भई ८ अर्ब १६ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ ।  

त्यस्तै, लघुबीमा व्यवसाय भने २३९.७९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष लघुबीमालेख बिक्रीमार्फत ६ करोड १८ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका बीमकहरुले चालु आवको १० महिनासम्ममा २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

लघुबीमा कम्पनीहरु सञ्चालनमा आएपछि ठूला कम्पनीहरु समेत लघुबीमा व्यवसाय बढाउन तातिएका छन् ।  

यसका साथै निर्जीवन बीमकहरुको हवाई बीमा व्यवसाय समेत उल्लेख्य सुधारिएको छ । गत वर्ष यस्तो बीमालेखमार्फत १ अर्ब ६० करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएकोमा चालु आवको यस अवधिसम्म ३१.६२ प्रतिशतले बृद्धि भई २ अर्ब ११ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।  

यसका साथै विविध बीमालेख व्यवसाय समेत ४.१८ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यस्तो बीमालेख बिक्रीमार्फत ३ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सो अवधिसम्म ३ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.