काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संवादका क्रममा थापाले यस्तो सुझाव दिएका हुन् ।
थापाले प्रधानमन्त्रीलाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु पर्ने बताए । यस्तै ृनले प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गरेपछि मात्र पार्टी कसको नेतृत्वमा एमाले सरकारमा जाने टुंगो लाग्ने बताए ।
प्रधानमन्त्री दाहालको अस्थिरताका कारण अहिलेको अवस्था सिर्जना भएको समेत थापाले दाबी गरे ।
महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य रहेको र मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताए ।