शनिबार, आश्विन १७,२०८३ 05:18:19
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 05:18:20
Bizshala
Global IME Bank Limited

बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएका छौं : अर्थमन्त्री वर्षमान पुन

Bizshala
बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएका छौं : अर्थमन्त्री वर्षमान पुन
New Office

अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमार्फत् कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताएका हुन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए। चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले अब त्यो हटाउने उनको भनाइ छ।

उनले भने, ‘हामीले २०८१/२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ। धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ। राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, हाम्रा नीतिहरु फेरिनु हुँदैन। नीतिगत स्थायित्व हुनुपर्छ। कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ।’

मन्त्री पुनले भारतले कृषि क्षेत्रमा अनुदान दिएका कारण भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना भएको बताए। 

‘भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, कि हामी प्रतिष्पर्धा गर्नै नसक्ने अवस्था छ। हामीले पनि अहिलेको बजेटमा कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ। चालु वर्षमा भ्याट लगाइएको थियो, कृषि उत्पादनहरुमा। प्याज, आलु, स्याउमा। तर यसपटक त्यो भ्याटलाई हटाइएको छ,’ उनले भने। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.