हाल बजारमा तीन आकारका अण्डा पाइन्छन्। जसमा मध्यम, ठूलो र एक्सेल गरी बजार तीन आकारका अण्डा उपलब्ध छन्। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ।
पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको हो।
व्यवसायीहरूका अनुसार नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ।
असारको ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले आठ दश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो।
त्यस्तै, सात दश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।