मंगलवार, बैशाख ९,२०८२ 03:19:06
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 03:19:06
IME remit
Global IME Bank Limited

देशभरि ३९ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा धेरै मधेशमा कम

Hyundai Nepal
देशभरि ३९ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा धेरै मधेशमा कम
Nabil Bank Limited

काठमाण्डौ। आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो। गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६ लाख ४२ हजार २८४ हेक्टरमा रोपाइँ भएको थियो ।

मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन शुरू हुन ढिलो भएका कारण धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ। यो वर्ष १४ जून (जेठ ३१ गते) मा नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन प्रवेश गरेको थियो। गत वर्ष मनसुन छिटै सुरू भएकाले धान रोपाइँ चाँडो भएको थियो।

देशभरि भएको रोपाइँ मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा भएको छ। सुदूरपश्चिममा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ। १ लाख ७४ हजार ५७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख हेक्टरभन्दा माथि रोपाइँ भइसकेको हो।

यस्तै गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत रोपाइँ भइसकेको छ। बागमती प्रदेशमा ४०.२ प्रतिशत रोपाइँ हुँदा कोशी प्रदेशमा ३५ प्रतिशत रोपाइँ भइसकेको छ।

सबैभन्दा कम मधेश प्रदेशमा करिब २६ प्रतिशत धान रोपाइँ भएको छ। ३ लाख ८३ हजार १५० हेक्टर मध्ये ९७ हजार ९ सय हेक्टर रोपाइँ भएको हो।

रोपाइँ ढिलो हुँदा धानको उत्पादनमा कमी आउन सक्ने जोखिम हुन्छ। धान पर्याप्त पानी चाहिने बाली भएका कारण मनसुनी प्रभाव बढी भएकै वेलासम्म बोट सप्रियो भने धान बढी फल्ने सम्भावना हुन्छ। यद्यपि बीउबीजन, मलखाद, रोगकीरा लगायत कारणले पनि धानको उत्पादनमा प्रभाव पार्छ।

नेपालमा धान प्रमुख कृषि बाली हो। आर्थिक वर्ष २०७९/८० मा नेपालमा ५४ लाख ८६ हजार टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ। नेपालको कुल कृषि उत्पादनमा धानको योगदान करीब २१ प्रतिशत छ।

नेपालको अर्थतन्त्रमा कृषिले करीब एकचौथाइ हिस्सा ओगट्छ। देशका आधाभन्दा बढी किसान परिवारका लागि धान महत्त्वपूर्ण खाद्य उत्पादन हो। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.