आईतवार, बैशाख ७,२०८२ 03:02:40
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:02:40
IME remit
Global IME Bank Limited

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने

Hyundai Nepal
एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने
Nabil Bank Limited

काठमाण्डौ। एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडबिच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ।  

Shivam Cement
Bizshala
CG Motors

एनआईबीएल इक्विटी पार्टनर्स नेपालधितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो। सम्झौतामा  एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमूख कार्यकारी अधिकृत शिवान्त बहादुर पाण्डे तथा जगदम्बा स्पिनिङ्ग मिल लिमिटेडको तर्फबाट प्रबन्धक निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन्।

सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो। यस कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्दछ। कम्पनीको रुपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो। जगदम्बा स्पिनिङ्ग मिल्सले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरका सामानहरू उत्पादन गर्दै विश्वभर निर्यात गर्दै आएको छ। 

यस लगानीले जगदम्बा स्पिनिङ्ग मिल्सलाई उत्कृष्ट धागो उत्पादकको रूपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्नेछ। जगदम्बा स्पिनिङ्ग मिल्सले निकट भविष्यमा आईपीओ ल्याउने योजना बनाएको छ,जसले गर्दा कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ।

हस्ताक्षर कार्यक्रममा बोल्दै एनआईएमबी एस क्यापिटलका प्रमूख कार्यकारी अधिकृत पाण्डेले भने, “उत्पादनको अधिकाशं भाग निर्यात गर्ने जगदम्बा स्पिनिङ्ग मिलसँग आबद्ध हुन पाउँदा एनआईबीएल इक्विटी पार्टनर्स निकै खुशी छ। हामी नेपालको अर्थतन्त्रलाई बढुवा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ। हामीलाई विश्वास छ कि नेपालमा जगदम्बा स्पिनिङ्ग मिल्स जस्तो अझ धेरै संस्थाहरुको आवश्यकता छ।”

त्यस्तै,जगदम्बा स्पिनिङ्गमिल लिमिटेडका प्रबन्धक निर्देशक न्यौपानेले भने,“एनआईएमबी एस क्यापिटल र यसको प्राइभेट इक्विटी फण्डएनआईबीएल इक्विटी पार्टनर्स जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। विस्तारको सम्भावना बोकेका कम्पनीहरूको लागि निजी इक्विटी लगानीको नयाँ श्रोत हो जसले उद्यमीहरूलाई उनीहरूको व्यवसायलाई नयाँउचाइमा लैजान मद्दत गर्छ। जेएसएम नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा छ र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा छ। जेएसएमले सधैं उच्च–गुणस्तरको धागो उत्पादन, उन्नतप्रविधि र दिगो अभ्यासहरूमाध्यान केन्द्रित गरेको छ। यस लगानीले कम्पनीको बृद्धिलाई अघि बढाउन, यसको उत्पादन क्षमता बढाउन र दक्षिण एसियामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ।”

जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिक टन धागो उत्पादन गर्ने क्षमता रहेको छ। यसको उत्पादनको लगभग ९५% मुख्यतया भारतीय बजारमा निर्यात गरिन्छ। कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीतिलाई विविधीकरण गर्ने योजना बनाएको छ। जेएसएमले झण्डै एक हजार कामदारलाई रोजगारी दिएको छ। कम्पनीउच्च गुणस्तरको धागो उत्पादन गरी नेपालको अग्रणी कपडा उद्योग बन्ने लक्ष्यमा छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.