काठमाण्डौ। सुदूरपश्चिम प्रदेशमा २५ अर्ब २२ करोड ९४ लाख रुपैयाँ औद्योगिक शिर्षकमा कर्जा प्रवाह भएको छ। २०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तसम्मको तुलनामा ६ दशमलव १८ प्रतिशतले घटेर २५ अर्ब २२ करोड ९४ लाखमा सिमित बन्न पुगेको हो।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलव ४७ प्रतिशतले बढेको थियो। सबैभन्दा बढी ७९ दशमलव ८२ प्रतिशत कैलाली र सबैभन्दा कम शून्य दशमलव १९ प्रतिशत औद्योगिक कर्जा बाजुरामा प्रवाह भएको पाइएको छ।
बाजुरामा चार करोड ७६ लाख १० हजार, बझाङमा पाँच करोड ९२ लाख ३० हजार, दार्चुलामा १० करोड ४२ लाख १० हजार औद्योगिक कर्जा शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका छन्।
त्यस्तै,बैतडीमा ९ करोड १६ लाख ९० हजार, डडेल्धुरामा ३९ करोड ३५ लाख ७० हजार, डोटीमा १८ करोड ९२ लाख ६० हजार र अछाममा १४ करोड ५३ लाख ७० हजार औद्योगिक कर्जा शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लगानी भएको छ।
यस्तो कर्जा सबैभन्दा बढी कैलालीमा २० अर्ब १३ करोड ७२ लाख १० र त्यसपछि कञ्चनपुरमा ४० करोड ६१ लाख २५ हजार लगानी भएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।