काठमाण्डौ। इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो उप-ब्रान्ड सीएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन विस्तार गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा ब्रान्ड लन्च नेपालमा सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र वाच प्रो २ को ग्लोबल लन्च गरिएको हो।
सिजी मोबाइल प्रा.लि.ले नथिङ ब्रान्डका लागि नेपाली अभिनेता प्रदीप खडकालाई आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ।
ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा ब्रान्ड एम्बेसेडर खडकाले सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २, सीएमएफ वाच प्रो२, सीएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) सार्वजनिक गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।