काठमाण्डौ। भारतमा बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले आफ्ना १४ वटा उत्पादनको बिक्री बन्द गरेको छ। उनीहरुको उत्पादन अनुमतिपत्र उत्तराखण्ड सरकारले अप्रिलमा निलम्बन गरेको थियो। कम्पनीले आज सर्वोच्च अदालतमा सो जानकारी दिएको हो।
रामदेवको कम्पनी पतञ्जली आयुर्वेद लिमिटेडले १४ उत्पादनको बिक्री रोकेको हो। कम्पनीले मंगलबार सर्वोच्च अदालतलाई १४ उत्पादनहरूको बिक्री रोकेको जानकारी गराएको छ।
जसको उत्पादन लाइसेन्स उत्तराखण्ड राज्य लाइसेन्सिंग प्राधिकरणले अप्रिलमा निलम्बन गरेको थियो। कम्पनीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी उत्पादन फिर्ता लिन निर्देशन दिएको जनाएको छ।
उत्पादनहरूको विज्ञापन कुनै पनि रूपमा फिर्ता लिन निर्देशन दिएको छ। इजलासले पतञ्जली आयुर्वेद लिमिटेडलाई दुई साताभित्र प्रतिज्ञापत्र पेश गर्न निर्देशन दिएको हो।
यसमा कम्पनीले विज्ञापन हटाउन सामाजिक सञ्जाल मध्यस्थकर्तालाई गरेको अनुरोध स्वीकार भएको छ वा छैन र यी १४ उत्पादनका विज्ञापन फिर्ता लिइएको छ वा छैन भन्ने कुरा बताउनुपर्नेछ।
इजलासले मुद्दाको अर्को सुनुवाई जुलाई ३० मा तोकेको छ। सर्वोच्च अदालतले इन्डिया मेडिकल एसोसिएशन (आईएमए) द्वारा दायर याचिकाको सुनुवाई गर्दैछ।
यसमा पतञ्जलीमाथि कोभिड खोप अभियान र आधुनिक चिकित्सा अभ्यासलाई बदनाम गरेको आरोप लगाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।