काठमाण्डौ । भारतीय बजारमा विभिन्न श्रेणीका कारहरू प्रशस्त उपलब्ध छन्। गाडी उत्पादनका हिसाबले पनि निकै अगाडि रहेको भारतमा ह्याचब्याक कारका लागि धेरै विकल्प रहेको पाइन्छ। जसमध्ये केही कम्पनीका १० लाख (भारती रुपैयाँ) मा पाइने ह्याचब्याक कारहरू बजारमा आउँदैछन्।
यी कारहरूको सूचीमा मारुती, टाटा मोटर्स, हुन्डाई र रेनोका मोडेलहरू रहेका छन्। भारतमा शीर्ष ह्याचब्याक कार किन्नेको संख्या पनि बढ्दै गएको बताइएको छ।
भारतीय बजारमा केही कम्पनीका ह्याचब्याक कार लोकप्रिय छन्।
यी हन् भारतमा १० लाखमै पाइने ह्याचब्याक कारहरु हेर्नुहोस:
मारुती बलेनो
मारुती बलेनो एक उत्कृष्ट ह्याचब्याक कार हो। यो कार सात कलर भेरियन्टमा बजारमा उपलब्ध छ। यो कारमा के सिरिजको डुअल जेट, डुअल भिभीटी इन्जिन रहेको छ।
कारको ब्रेकिङ फिचरमा सुधार गर्न बलेनोमा अपग्रेडेड १४ इन्चको ब्रेक सिस्टम लगाइएको छ। बलेनोमा २२.८६ सेमी एचडी स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम छ।
कारमा ३६० डिग्री भ्यू क्यामेरा पनि छ। यो कारमा सुरक्षाका लागि ६ वटा एयरब्याग पनि दिइएको छ। मारुती बलेनोको एक्स-शोरूम मूल्य ९.३८ लाख रुपैयाँबाट भारतमा सुरु हुन्छ।
हुन्डाई आई२०
हुन्डाई आई२० मा भ्वाइस असिस्टेड स्मार्ट इलेक्ट्रिक सनरुफको सुविधा रहेको छ। साथै, यो कारमा २६.०३ सेमी एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र नेभिगेसन सिस्टम समावेश गरिएको छ।
वायरलेस चार्जरको सहायताले मोबाइल फोन चार्ज गर्न सकिन्छ। यस यो हुण्डाई कारको एक्स-शोरुम मूल्य ७.०४ लाखबाट सुरु भई ११.२१ लाख रुपैयाँसम्म पर्न जान्छ।
टाटा टियागो
टाटा टियागो १० लाख रुपैयाँको दायराको उत्कृष्ट ह्याचब्याक कार हो। यो कारका २७ भेरियन्ट बजारमा उपलब्ध छन्। यस कारमा डुअल फ्रन्ट एयरब्यागको फिचर पनि दिइएको छ। यसको १.२ लिटर रेभोट्रोन पेट्रोल र द्वि–इन्धन इन्जिनले अधिकतम ८६ पीएस पावर प्रदान गर्दछ।
यो कार बजारमा ६ कलर भेरियन्टमा उपलब्ध छ। टाटा टियागोको एक्स–शोरूम मूल्य ५ लाख ६४ हजार ९०० बाट सुरु हुने बताइएको छ।
रेनो क्विड
रेनो क्विड आकर्षक डिजाइन र नवीन प्रविधिको साथ भारतीय बजारमा उपस्थित छ। २७९ लिटरको बुट स्पेस भएको यो कारमा एलईडी इल्युमिनेशन सहितको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ।
रेनो क्विडको एक्स–शोरूम मूल्य ४.७० लाखबाट सुरु भइ यसको टप–एन्ड भेरियन्टको मूल्य ६.४५ लाख रुपैयाँसम्म पुग्ने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।