बुधबार, श्रावण १३,२०८३ 09:12:51
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 09:12:51
Bizshala
Global IME Bank Limited

एक महिनामा एक खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात

एक महिनामा एक खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात
New Office

काठमाण्डौ। एक महिनामा एक खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ। जेठमा मात्रै १७ महिना यताकै उच्च आयात भएको हो। यसअघि २०७९ असारमा मासिक एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो।

हालसम्म मासिक आधारमा सबभन्दा धेरै एक खर्ब ८८ अर्ब रूपैयाँ बराबरको आयात भएको छ। २०७८ कात्तिकमा सो रकम बराबरको आयात भएको थियो। 

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना ९साउनदेखि जेठ० सम्ममा कुल आयात १.८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब रूपैयाँमा सीमित भएको छ।

निर्यात भने ३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको यही अवधिमा एक खर्ब ४३ अर्बको आयात भएकोमा यो जेठसम्ममा एक खर्ब ३९ अर्बको निर्यात भएको हो।

त्यस्तै, आयात बढ्दै गर्दा अन्तिम उपभोग हुने वस्तुहरूको आउने क्रम बढ्न थालेको छ।

गत आर्थिक वर्षअन्त्यमा कुल आयातमा सोझै उपभोग हुने वस्तुको आयात ३८.३ प्रतिशत हाराहारी रहेकोमा यो ११ महिनामा बढेर ४१.९ प्रतिशत पुगेको छ। 

यस्तो सामानको आयात ७.६ प्रतिशतले बढेर ६ खर्ब आठ अर्ब रूपैयाँ बराबर भएको भन्सार विभागले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.