शनिबार, आश्विन १७,२०८३ 06:33:39
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 06:33:39
Bizshala
Global IME Bank Limited

काठमाण्डौ महानगरको बजेट खर्च पाँच वर्षयताकै उच्च, पुँजीगत खर्च ४२.३५ प्रतिशत

Bizshala
काठमाण्डौ महानगरको बजेट खर्च पाँच वर्षयताकै उच्च, पुँजीगत खर्च ४२.३५ प्रतिशत
New Office

काठमाण्डौ। काठमाण्डौ महानगरको पुँजीगत खर्चमा सुधार देखिएको छ। चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। महानगरले योजनाबद्ध काम गर्न नसक्दा राजधानी सहरमा पुँजीगत खर्च गर्न नसकिरहेको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवस्थालाई सुधार गर्न महानगरलाई टाउको दुखाई जस्तै भएको छ। अघिल्लो आव ०७९/८०मा महानगरको पुँजीगत खर्च २६ प्रतिशतसम्म पुगेको थियो।

जसमा चालु आव ०८०/०८१ मा भने महानगरको पुँजीगत खर्चदरले १६ प्रतिशतभन्दा बढी उल्लेख्य सुधार गर्दै ४२ प्रतिशतसम्म पुगेको छ। महानगरले चालु आव पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ।

महानगरका अनुसार चालु आवमा १५ अर्ब १० करोड १० लाख रकम पुँजीगततर्फ विनियोजन भएको थियो। जसमध्ये छ अर्ब ३९ करोड ६१ लाख खर्च भएको छ। जुन ४२ दशमलव ३५ प्रतिशत हो।

कुल खर्च पाँच वर्ष यताकै उच्च 

महानगरको कुल खर्च पनि पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। महानगरले चालु आवमा विनियोजन गरेको कुल बजेट २४ अर्ब मध्ये १२ अर्बभन्दा बढी खर्च गरेको छ। जुन ५१ प्रतिशत भन्दा बढी  हो।

अघिल्लो आव ०७९/८० मा कुल विनियोजित २२ अर्ब ८३ करोड बजेटमध्ये नौ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो। जुन ४० दशमलव ४ प्रतिशत मात्रै हो।

यस्तै ०७८/७९ मा १६ अर्ब ५२ करोडमध्ये ४४ दशमलव ३ प्रतिशत ९७ अर्ब ३१ करोड०, ०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाखमध्ये ३६ दशमलव ७ प्रतिशत ९५ अर्ब ७००, ०७६/७७ मा १२ अर्ब ९८ करोडमध्ये ४९ दशमलव ७ प्रतिशत (६ अर्ब ४५ करोड) मात्रै खर्च भएको थियो।  

चालु खर्च घट्दै  

यस्तै,महानगरले पुँजीगत खर्च बढाउँदै लैजादा प्रशासनिक खर्चतर्फ हुने चालु खर्च भने घटाउँदै लगेको छ। पाँच वर्षअघि २०७६/७७ मा महानगरको चालु खर्च ७७ प्रतिशत थियो भने, चालु आवमा चालु खर्चदर ६४ प्रतिशतमा झारेको छ।

यस वर्ष कुल विनियोजित नौ अर्ब पाँच करोड चालुतर्फको बजेटमध्ये पाँच अर्ब ८३ करोड अर्थात ६४ दशमलव ४ प्रतिशत खर्च भएको छ।

यस्तै महानगरले ०७७/७८  मा ६४ प्रतिशत, ०७८/७९ मा ६५ प्रतिशत, ०७९/८० मा ६४ प्रतिशत चालुतर्फको बजेट खर्च गरेको थियो। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.