आईतवार, फाल्गुन ११,२०८१ 07:55:56
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 07:55:56
IME remit
Global IME Bank Limited

अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी

Hyundai Nepal
अन्तिम अवस्थामा साटासाट हुनसक्छ अर्थ र गृह, गगनले माने अर्थमन्त्रालय जिम्मा लगाउनेसम्मको तयारी
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार सबै कुरा ठीकठाक रहे असार २८ गते अर्थात भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने निश्चित भइसकेको छ ।  

कतिपयले कांग्रेस एमालेले दाबी गरेजस्तो संविधानको धारा ७६(२) अनुसार सरकार बन्न नसक्ने सशंय अझै व्यक्त गरिरहेका छन् । कतिपयले भने ७६(३) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने र त्यहीअनुसारको खेल भइरहेको दाबी समेत अझै छाडेका छैनन् । तर धारा ७६(२) अनुसार नै सरकार बन्न बाधा भएको तर्क गर्नेहरु धेरै रहेका कारण सोहीअनुसार सरकार गठन हुने भन्दै त्यसको तयारी कांग्रेस र एमालेले सुरु गरिसकेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमतिअनुसार कांग्रेसले १० वटा मन्त्रालयको जिम्मेवारी पाउनेछ । एमालेले ९ वटा मन्त्रालय लिने मोटामोटी सहमति भइसकेको छ ।  

धारा ७६(२) अनुसार नै नयाँ सरकार बन्ने विषयमा ढुक्क देखिएका कांग्रेस र एमालेले आन्तरिक छलफल तथा सरकारमा सहभागी नामहरुलाई फाइनल गर्ने काम धमाधम गरिरहेका छन्।  

मन्त्री छनौटको प्रयासले अन्तिम समयमा केही रोचक ट्वीस्ट लिनसक्ने सम्भावना बढ्न थालेको कतिपय स्रोतहरुले दाबी गरेका छन् ।  

ओलीले नेतृत्व गर्ने सरकारमा गृहमन्त्री र अर्थमन्त्री बन्ने पात्रको विषयमा निकै धेरै चर्चा र चासो देखिएको छ । अहिलेसम्मको अवस्था हेर्दा गृहमन्त्री कांग्रेसलाई र अर्थमन्त्री एमालेको भागमा पर्नेछ ।  

गृहमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रमेश लेखक निश्चित झै रहेको दाबी गरिएको छ भने अर्थमन्त्रीको रुपमा एमालेका विष्णु पौडेलको पुनरागमन हुने समेत निश्चितप्राय रहेको ती दल निकटका स्रोत दाबी गर्छन् ।  

तर, मन्त्रालय बाँडफाँड र सरकारमा सहभागिताको प्रयास यतिमा मात्र सीमित छैन । अन्तिम अवस्थामा गृह र अर्थमन्त्रालयलाई कांग्रेस एमालेले आपसमा साटासाट गर्नसक्नेसम्मको विकल्पमा समेत छलफल अगाडि बढाइएको छ ।  

अबको अर्थमन्त्री को ?

बिहीबार बिहानसम्मको राजनीतिक परिदृश्यअनुसार केपी ओली प्रधानमन्त्री बनेमा अर्थमन्त्रीको रुपमा एमालेकै विष्णु पौडेल जानसक्ने देखिएको थियो ।  

कांग्रेससँगको सहमतिअनुसार अबको २ वर्ष प्रधानमन्त्रीको रुपमा रहन खोजेका ओलीले कांगे्रेसबाट सरकारमा नेतृत्व गर्ने पात्रको विषयमा कांग्रेस सभापति देउवासँग विभिन्न चरणमा छलफल नै गरेका दाबी गरिएको छ । सो क्रममा ओलीले कांग्रेसबाट युवा तथा लोकप्रिय नेता र महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गरिदिउन् भन्ने चाहेका छन् । थापा नेतृत्वको टिम कांग्रेसबाट सरकारमा आउँदा परिणाममुखी काम गर्न सकिने र त्यसको सन्देश पनि निकै राम्रो जाने ओलीको विश्लेषण छ ।  

ओलीको गगन थापाप्रतिको चाहनाका कारण गृह र अर्थमन्त्री अन्तिम अवस्थामा साटासाट हुनसक्ने सम्भावना देखिएको स्रोतहरु बताउँछन् ।  

त्यसो त ओलीको यही चाहना बुझेका कांग्रेस सभापति देउवाले पनि महामन्त्री गगन थापालाई सरकार जान आग्रह गरेका, तर थापाले त्यो आग्रह अस्वीकार गरेको कुरा बाहिर आइसकेको छ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगै कुरा गर्दै स्वयम् थापाले समेत आफू सरकारमा जान इच्छुक नरहेको र पार्टीकै काममा व्यस्त रहने प्रष्ट पारिसकेका छन् । उनको यो प्रष्टोक्तिको बाबजुद एउटा समूह भने थापालाई नै कांगे्रेसबाट नेतृत्व गर्दै सरकारमा पठाउने प्रयासमा रहेको बुझिएको छ ।  

थापालाई सरकारमा ल्याउनका लागि उपप्रधानसहित अर्थमन्त्रीसम्मको अफर गरिएको उच्च राजनीतिक स्रोत बताउँछ । ‘बिग्रिएको अर्थतन्त्र सुधारका लागि उपप्रधानसहित अर्थमन्त्री बन्ने विषय थापाका लागि चुनौति र अवसर पनि हो । यसमा उनलाई कन्भिन्स गराउने अन्तिम कोशिश भइरहेको छ ।’ कांग्रेसस्थित उच्च स्रोतले भन्यो–‘थापाले अन्तिम अवस्थामा सरकारमा जाने तदारुकता देखाए गृहमन्त्रालय नेकपा एमालेको भागमा पर्नेछ ।’  

यो समाचार तयार पार्दासम्म थापाले भने अर्थमन्त्री नै पाए पनि सरकारमा सहभागी नहुने आफू निकटस्थहरुलाई बताएका छन्।  

थापाले नमाने को जाला ?

यसैबीच, यदि गगन थापाले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पनि अस्वीकार गरेको खण्डमा कांग्रेसबाट कसले सरकारमा नेतृत्व गरेर जान्छ भन्ने विषयमा पनि अहिले चासो देखिएको छ ।  

कांगे्रस सभापतिको चुनावमा दोश्रो चरणमा देउवाको उम्मेद्वारीलाई समर्थन गरेका कांग्रेस नेता प्रकाशमान सिंहले बुढानिलकण्ठस्थित देउवा निवास पुगेर सरकारमा जाने चाहना देखाएका छन् । थापाले सरकारमा जान अन्तिम समयसम्म अस्वीकार गरेको खण्डमा नेता सिंहले नै कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागिता जनाउनेछन् ।  

नेता सिंह लामो समयदेखि बिरामी भई भारतमा उपचाररत छन् । बिरामी अवस्थामै उनले सरकारमा जाने ईच्छा देखाएका हुन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.