मंगलवार, बैशाख ९,२०८२ 12:26:54
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 12:26:54
IME remit
Global IME Bank Limited

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

Hyundai Nepal
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
Nabil Bank Limited

काठमाण्डौ। मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रमआयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ। नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

काठमाण्डौमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा.पेमाग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा.घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापित लगायतको उपस्थिति थियो।

अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोही अनुसार अघि बढाइएको जानकारी दिए। बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कमगर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, सेयर धनी लगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि धन्यवाद दिए। बैंकले ४० वर्ष पुगेको अवसरमाआगामी ४० दिनसम्म दिगो विकास सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उनले जानकारी दिए। 

त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनी लगायतका कार्यक्रम तय भएको उनको भनाइ थियो। कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकहाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानीआवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन्।

“दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारी अघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो”, उनले भनिन्, “नेपालका हकमा २३ अर्ब डलर आवश्यकभएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ। जुनकुल जीडीपीको ११ प्रतिशत हो।”

उनले नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठूलो लगानी आवश्यक भएको र नबिल बैंकले दिगो विकासका क्षेत्रमा ठूलो लगानी बढाउन सक्ने समेत धारणा व्यक्त गरिन्। उनले बैंकको कामआर्थिक कारोबार मात्रै नभएको बरु पर्यावरण जोगाउने जिम्मेवारी समेत भएकाले त्यसतर्फ आफ्ना कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रितगर्न सुझाव दिइन्।

त्यस अवसरमा मुख्यवक्ता सामाजिक उद्यमी अनि लचित्रकारले पर्यावरण जोगाउन आवश्यक भएकोमा जोड दिए। नबिल जस्ता बैंकले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ थियो। पर्यावरणमा हामी निर्भर छौँ, पर्यावरण नजोगाउने हो भने भविष्यमा समस्या उत्पन्न हुने उनको तर्क थियो।

“चितवन राष्ट्रिय निकुञ्जमा बाघ भएकै कारणले काठमाडौँलगायतका सहरका ट्राभल एजेन्सीहरु सञ्चालनमा छन्, पर्यावरण जोगाएकै कारणले रोजगारी सिर्जना भएको छ”, उनले भने। उनले शिवपुरी राष्ट्रिय निकुञ्ज संरक्षण गरेकै कारण आज काठमाडौँबासीले दैनिक तीन करोड लिटर स्वच्छ खानेपानीप्राप्त गरेको तथ्यांक पेस गर्दै यसलाई मूल्यमा हेर्दा दिनहुँ ६० करोड रुपैयाँको भएको बताए।

सन् १९८४ माजुलाई १२ मा नेपाल अरब बैंककानाममा स्थापनानबिल बैंक  ग्राहकको सुविधातथा सरल बैंकिङ सेवालाइ केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ। बैंकले आफूलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित गरेको छ। स्थापना कालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको जनाएको छ।

‘नबिलबैंक सँगै अघि’ नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमाले गर्दै अघि बढिरहेको बैंकले पछिल्लो समय दिगो बैंकिङमा जोड दिएको छ। सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटरा इज्ड बैंकिङ सुरुआत गरेको थियो।

नबिलले सन् १९९४ मापहिलो पटक एटिएम, सन् २०१२ मापहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ माअन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो। सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमापहिलो पटक ल्याएको थियो।

बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमापहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवाप्रवाह गरेको थियो। बैंकले देशभर २६८ शाखा सञ्जाल सहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवाप्रदानगर्दे आएको छ। नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.