बुधबार, फाल्गुन ६,२०८२ 05:02:59
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:02:59
Bizshala
Global IME Bank Limited

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम

सीजेएनद्वारा पत्रकारलाई साइबर सुरक्षा तालिम
Shivam Cement

काठमाण्डौ। नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिएको छ। प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढ्दै गएकोले पत्रकारहरूलाई यस्ता जोखिमबाट सुरक्षित रहन सिजेएनले तालिम दिएको हो।

 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

राष्ट्रिय सहकारी बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले ‘अण्डरस्ट्याण्डिङ्ग साइबर रिस्कः टेक्निक्स फर जर्नलिष्ट’ विषयमा प्रशिक्षण दिएका थिए।  

प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने भन्दै उनले सामाजिक सञ्जाल र प्रविधिद्वारा आएको सूचनालाई सहजै विश्वास गर्न नहुने बताए।

पछिल्लो समय साइबर सुरक्षाको जोखिम बढ्दै गएकाले पत्रकारहरु यसतर्फ सावधान रहेर आफुना गतिविधिलाई अगाडी बढानुपर्नेमा उनको जोड छ।

कार्कीले फेसबुक, ह्वाट्सएप, भाइबर, वेबसाईट तथा इमेलबाट ह्याकरहरूले प्रहार गर्नेहुँदा यसतर्फ सबै सचेत हुनुपर्ने बताए। आफ्ना व्यक्तिगत विवरण जथाभावी प्रयोग गर्दा थप जोखिम आउन सक्ने उनको भनाई थियो।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना पत्रकार सहभागी थिए। उनीहले तालिमले व्यक्तिगत जीवन र कार्यक्षेत्रमा उपयोगी हुने धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.