मंगलवार, बैशाख ९,२०८२ 12:23:49
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 12:23:49
IME remit
Global IME Bank Limited

एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो

Hyundai Nepal
एसियाकै धनाढ्य अम्बानीका छोरा अनन्तको बिहे हालसम्मकै महँगो
Nabil Bank Limited

काठमाण्डौ। एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोरा अनन्त अम्बानीको राधिका मर्चेन्टसँग १२ जुलाई २०२४ मा धेरै धुमधामका साथ विवाह गर्दैछन्।

यो विवाह पक्कै पनि भारतको सबैभन्दा महँगो विवाह मध्ये एक हो। देश विदेशमा यसको चर्चा छ। तर, यो पनि रोचक छ कि भारतमा सबैभन्दा महँगो बिहे गर्ने मुकेशको जन्म निकै गरिब देशमा भएको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो विवाह मुम्बईको जियो वर्ल्ड सेन्टरमा हुँदैछ। यो विवाहमा भारत र विदेशका धेरै सेलिब्रेटीहरु सहभागी छन्। मिडिया रिपोर्टका अनुसार पाहुनालाई ओसारपसार गर्न १०० भन्दा बढी निजी जेट भाडामा लिइएको छ। विवाहमा पाहुनालाई सुन र हिराका गरगहना, महँगा अत्तर र अन्य बहुमूल्य वस्तु उपहार स्वरूप दिइँदै आएको छ।

तर, यो पनि सत्य हो कि भारतको सबैभन्दा धनी व्यक्ति अत्यन्त गरिब देशमा जन्मिएको हो। यो देशको ९९ प्रतिशत जनसंख्या मुस्लिम छ। यो देश विश्वको गरिब देशमा पर्छ। रोचक कुरा के छ भने अम्बानी भारतमा जन्मिएका होइनन्। उनको जन्म १९ अप्रिल १९५७ मा यमनको अडेन सहरमा भएको थियो। उनका बुबा धिरुभाई अम्बानी त्यतिबेला यमनमा काम गरिरहेका थिए। मुकेश अम्बानीको जन्म भएको केही समयपछि उनको परिवार भारत फर्किएको थियो।

उनी मुम्बईमा हुर्केका थिए र मुम्बई विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका थिए। त्यसपछि उनले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए गरे। अम्बानीले सन् १९८५ मा नीतासँग विवाह गरेका थिए। उनीहरुका तीन सन्तान छन्– आकाश, ईशा र अनन्त। 

अम्बानी हाल भारतका सबैभन्दा धनी व्यक्ति हुन्। उनी देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको प्रमुख हुन्।अनन्तको विवाह भारतको सबैभन्दा महँगो विवाह हुन सक्छ। तर,अम्बानीको जन्म भएको यमन आज गरिब देशको सूचीमा परेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) २०२३ को तथ्याङ्क अनुसार, यमन विश्वको सबैभन्दा गरीब देशहरूको सूचीमा ११ औं स्थानमा छ। 

२०२४ को लागि आयएमएफको अनुमान अनुसार, यो १९,९९६.४७५ अमेरिकी डलरको प्रति व्यक्ति जीडीपीसंग ९औं स्थानमा झर्ने सम्भावना छ। विश्व बैंकका अनुसार यमन ऐतिहासिक रूपमा मध्यपूर्व र उत्तर अफ्रिकाको सबैभन्दा गरिब देशहरूमध्ये एक हो। यमन एक मुस्लिम देश हो। यहाँको जनसंख्याको ९९ प्रतिशतभन्दा बढी मुस्लिम छन्। 

यो संसारको सबैभन्दा गरिब देश हो। आईएमएफको तथ्याङ्कले दक्षिण सुडान विश्वको सबैभन्दा गरिब राष्ट्र भएको देखाउँछ। २०२४ मा यसको अनुमानित जीडिपीप्रति व्यक्ति आय ४ ४५५.१५७ अमेरिकी डलर छ। सन् २०११ मा स्वतन्त्रता प्राप्त गरेर दक्षिण सुडान विश्वको सबैभन्दा कान्छो देश बनेको थियो।  यसले ठूलो आर्थिक कठिनाइको सामना गरिरहेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.