सोमबार, असार २,२०८२ 02:03:33
  • सोमबार, असार २,२०८२ 02:03:33
Global IME Bank Limited

केपी ओली आइतबार मात्र प्रधानमन्त्री बन्ने, सपथ पनि सोही दिन

Hyundai Nepal
केपी ओली आइतबार मात्र प्रधानमन्त्री बन्ने, सपथ पनि सोही दिन
Nabil Bank Limited

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार राति नै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारीबाट राष्ट्रपति कार्यालय शितल निवास पछाडि हटेको छ।  

यसअघि शितल निवासस्थित स्रोतहरु र कांग्रेस–एमालेका नेताहरुले केपी ओलीलाई शुक्रबार रातिसम्म नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना व्यक्त गरेका थिए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गर्दा आइतबार साँझसम्मको समय दिएका कारण धेरै हतारो गर्न नहुने निश्कर्षमा शितल निवास पुगेको हो । कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग पनि आइतबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने र सपथ पनि सोही दिन खुवाउने समझदारी बनेको नेताहरुले बताएका छन् ।  

‘दाबीलगत्तै नियुक्त गर्दा धेरै हतारो गरेजस्तो देखिन्छ । राष्ट्रपतिले त्यसै पनि आइतबार साँझसम्मको समय तोक्नु भएकै छ ।’ स्रोतले भन्यो ।

शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयले इच्छा नदेखाएपछि बहुमतसहितको दाबी पत्र दर्ता गराएर कांग्रेस र एमालेका शीर्ष नेताहरु शितल निवासबाट हिँडिसकेका छन् ।  

शुक्रबार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले संसदबाट विश्वासको मत लिने प्रयास गरे पनि असफल भएका थिए । उनको पक्षमा २४.४१ प्रतिशत सांसदले मात्र मत दिएका थिए ।  

संसदबाट विश्वास नपाएपछि स्वतः प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो ।  

नयाँ सरकार गठनका लागि आह्वान गर्नुअघि राष्ट्रपति पौडेलले संविधानविदहरुसँग छलफल गरेका थिए । उनीहरुमध्ये अधिकांशले धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएपछि सोहीअनुसार राष्ट्रपतिबाट आह्वान भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.