काठमाण्डौ। मधेस प्रदेशको बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिकुमार सिंहले पेस गरेको आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको हो।
सभामुख रामचन्द्र मण्डलले विधेयकलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित भएको छ।
यो विधेयकमाथि सांसद किरण कुमारीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।
उनको प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मत अस्वीकृत भएको थियो।
सो विधेयकमाथि भएको दफावार छलफलमा सांसद रामआशिष यादव र प्रमोद यादवले उठाएको सवालमाथि मुख्यमन्त्री सिंहले जवाफ दिँदै कुनै प्रकारको कर नबढाएको स्पष्ट पारेका थिए।