काठमाण्डौ। भारतको रिटेल चेन डिमार्ट सञ्चालन गर्ने कम्पनी एभिन्यू सुपरमार्टको समेकित खुद नाफा आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिकमा ७७३.८२ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा १७.५ % ले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५८.७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीले अप्रिल-जुन त्रैमासिकमा रु ७७३.८२ करोड रुपैयाँको समेकित राजस्व दर्ता गरेको छ।
वार्षिक आधारमा १८.६ % ले वृद्धि भएको छ।
एक वर्ष अघि अर्थात् अप्रिल-जुन २०२३ मा कम्पनीले ११,८६५.४० करोड रुपैयाँ कमाएको थियो।
कम्पनीले आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासको नतिजा आज शनिबार (साउन १३) सार्वजनिक गरेको हो।
त्रैमासिक आधारमा नाफा ३७.३८% ले बढेको छ।
कम्पनीले जनवरी-मार्च त्रैमासिकमा ५६३.२५ करोड रुपैयाँ नाफा दर्ता गरेको थियो।
कम्पनीको खुद नाफा जनवरी–मार्चको तुलनामा वैशाख–जुन त्रैमासिकमा ३७.३८ % ले बढेको छ।
यस अवधिमा कम्पनीको राजस्व १०.५५ % ले बढेको छ।