सोमबार, असार २,२०८२ 12:56:35
  • सोमबार, असार २,२०८२ 12:56:35
Global IME Bank Limited

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

Hyundai Nepal
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
Nabil Bank Limited

काठमाण्डौ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सलभिनिया राज्यको एक राजनीतिक भेलामा सहभागी भएका ट्रम्पमाथि गोली प्रहार भएको हो । ट्रम्पको कानको माथिल्लो भागमा गोली लागेको जनाइएको छ ।  

७८ वर्षिय ट्रम्पले आफू उक्त घटनामा गम्भिर रुपमा घाइते नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा उनले लेखेका छन्,‘ममाथि गोली प्रहार भएको छ । त्यो गोली मेरो माथिल्लो कानलाई छेड्दै गएको थियो । केहि अनौठो आवाज सुनेसँगै केहि गढबढ छ जस्तो लागेको थियो ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले ट्रम्पको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनापश्चात उनलाई स्थानिय अस्पतालमा उपचार गरिएको छ । गोली लागेपछि गोप्य एजेन्टहरूले पोडियममा पुगेर रिपब्लिकन पार्टीका ७८ वर्षिय उम्मेद्वार ट्रम्पलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानमा लगेका थिए ।  

ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीको भने सुरक्षा कारवाहीका क्रममा मृत्यु भइसकेको छ । यो घटनाले आउँदै गरेको राष्ट्रपतिय निर्वाचनको सुरक्षाको विषयमा गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.