सोमबार, असार २,२०८२ 01:44:54
  • सोमबार, असार २,२०८२ 01:44:54
Global IME Bank Limited

प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति आज, सपथ सोमबार

विष्णु पौडेल अर्थमन्त्री बन्ने, गृहमा लेखक र परराष्ट्रमा आरजू

Hyundai Nepal
प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति आज, सपथ सोमबार
Nabil Bank Limited

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सबै मन्त्रीहरुलाई सोमबार नै सपथ गराउने तयारी गरेका छन् ।  

कांग्रेसको समर्थनमा आफू नेतृत्वको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।  

संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्र्दैछ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्ने समयसीमा आज(आइतबार) ५ बजेसम्म तोकेकोले त्यसलगत्तै ओलीको नियुक्ति हुनेछ ।  

ओली आज चौथोपटक नेपालको प्रधानमन्त्री बन्न लागेका हुन् ।  

ओलीको सपथ भने सोमबार बिहान ११ बजेलाई राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  

ओलीले आफ्नो सपथलगत्तै मन्त्रीपरिषद विस्तार गर्ने र सकेसम्म सबै मन्त्रीहरुलाई सोमबार नै सपथ गराउने तयारी गरेका कारण उनको सपथ पनि सोमबार नै सारिएको स्रोतको भनाई छ ।  

ओली नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नियुक्त हुने निश्चित भइसकेको छ ।  

कांग्रेसबाट भने प्रकाशमान सिंहले सरकारमा नेतृत्व गर्नेछन् । उनले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउन सक्छन् ।  

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रमेश लेखक ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्नेछन् ।  

यस्तै, देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजू राणा(देउवा) परराष्ट्रमन्त्री बन्ने निश्चित भइसकेको स्रोतहरुको दाबी छ ।  

ओली नेतृत्वको सरकारमा कांग्रेसले १० र एमालेले ९ मन्त्रालय पाउनेछन् ।  

कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, सांसद अजय चौरासिया, किशोरसिंह राठौर, प्रदीप पौडेल, चन्द्र भण्डारी, लगायतको मन्त्री बन्ने सम्भावना छ ।  

एमालेबाट विष्णु पौडेल बाहेक योगेश भट्टराई, विद्या भट्टराई, पृथ्वी सुब्बा गुरुंग, सूर्य थापा, छविलाल विश्वकर्मा लगायतका नेताहरु मन्त्री बन्ने दौडमा छन् ।  

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिन खोजेका थिए । सो क्रममा उनले विश्वास मत नपाएपछि सरकार ढलेको थियो । योसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो ।  

कांग्रेस र एमालेले ओली नेतृत्व सरकार गठनका लागि शुक्रबार नै शितल निवासमा दाबी पेश गरेका थिए । उनीहरुले सोही दिन नै प्रम नियुक्तिका लागि जोडबल गरे पनि शितल निवासले भने आइतबार साँझ ५ बजेसम्मको समयसीमा घर्किएपछि मात्र नियुक्ति गर्ने प्रष्टीकरण दिएपछि प्रक्रिया केही ढिलो हुन पुगेको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.