सोमबार, असार २,२०८२ 12:47:57
  • सोमबार, असार २,२०८२ 12:47:57
Global IME Bank Limited

गभर्नरसँग सम्बन्ध सुधारेकोमा अर्थमन्त्री पुन मख्ख, जाँदा जाँदै भने-'मौद्रिक नीति राम्रो आउँदैछ'

Hyundai Nepal
गभर्नरसँग सम्बन्ध सुधारेकोमा अर्थमन्त्री पुन मख्ख, जाँदा जाँदै भने-'मौद्रिक नीति राम्रो आउँदैछ'
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयबाट विदाई हुँदै गर्दा कर्मचारीहरुलाई सम्बोधन गर्ने क्रममा अर्थ मन्त्री र राष्ट्रबैंकका गभर्नरका बीचमा रहने गरेको दूरी आफ्नो कार्यकालमा घटाएको बताएका छन् ।  

आफ्नो प्रगति विवरणमा उनले गभर्नरसँगको दूरी घटाएको विषय उल्लेख गरेका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रबैंक नेपाल सरकारको आर्थिक सल्लाहकार मात्र नभई अर्थमन्त्रालय अन्तरगतको निकाय पनि हो ।  

पुनले अर्थ मन्त्रालय र राष्ट्रबैंक एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भए पनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यसपटक गर्नुनपरेको भन्दै सन्तोष व्यक्त गरे ।  

आफू अर्थसचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीको समन्वयमा केही समयअघि राष्ट्रबैंकले गरेको तेश्रो त्रैमाशिक समीक्षाको नतिजा आउन थालेको बताए ।  

मौद्रिक नीतिको समीक्षमार्फत गरिएका सुधारले घरजग्गा चलायमान भएको र पुँजीबजार परिसूचकले डेढ वर्ष अगाडिको बिन्दुमा छोएको उनको भनाइ थियो ।

‘अर्थ मन्त्रालय र राष्ट्रबैंकको सहकार्यबाट पछिल्लो नीतिका कारण यो सम्भव भएको हो’, उनले भने ।  

आफू १२ वर्षअघि अर्थमन्त्री हुँदा अधिकारी डेपुटी गर्भनर रहेको, ऊर्जामन्त्री हुँदा अधिकारीसँग लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा सँगै काम गरेको र अहिले मन्त्रालयमा आउँदा गभर्नरका रुपमा सहकार्य भएका कारण पनि काममा सहजता आएको उनले बताए ।

‘यो पटक विगतको जस्तो अवस्थामा नआओस भनेर सुरुदेखि नै सचेत थिएँ । बजेट बनाउने बेलामै सहकार्य भयो । असाध्यै सुमधर ढंगले पोलिसीहरु बनेका छन् । अहिलेसम्म हामीबीच भएका छलफलका आधारमा वित्तीय नीतिअनुसार मौद्रिक नीति बन्नेमा म विश्वस्त छु । अर्थ मन्त्रालय र राष्ट्रबैंकका बीचमा अनावश्यक प्रतिस्पर्धा हुने स्थिति रहेछ । सोच र कार्यशैलीमा सामान्य फरक हुँदा एक र अर्को निकायबीच समन्वय नहुने स्थितिको अन्त्य भएको छ’, उनले भने ।  

आफूहरु दुवै जना एकअर्काको स्वभाव, क्षमता र कार्यशैलीबारे परिचित भएकाले पनि समन्वय गर्न सहज भएको अनुभव उनले सुनाए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.