सोमबार, असार २,२०८२ 02:42:02
  • सोमबार, असार २,२०८२ 02:42:02
Global IME Bank Limited

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

Hyundai Nepal
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असार २८ गते संसदमा विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढलेको थियो । योसँगै नयाँ सरकार गठनको ढोका खुलेको थियो ।  

सोही दिन राष्टपति दलहरुलाई नयाँ सरकार गठनका लागि आइतबार(आज) साँझ ५ बजेसम्मको समय दिएका थिए । सोही दिन कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्दै १६६ सांसदको हस्ताक्षरसहितको पत्र शितल निवासमा दर्ता गराएका थिए ।  

ओली नेतृत्वको सरकारलाई कांग्रेसबाहेकका दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसहित दुईतिहाईको समर्थन रहेको छ ।  

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ सोमबार बिहान ११ बजे हुने शितल निवास स्रोतले जनाएको छ ।  

आफ्नो सपथ लगत्तै ओलीले पूर्ण मन्त्रीपरिषद गठनको तयारी गरेका छन् । सरकारमा सहभागी सबै दलहरुबाट मन्त्री हुनेहरुको नाम आज रातिसम्म फाइनल गरी भोलि नै सबैको सपथ गराउने उनको चाहना छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.