Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 12:37:50
Bizshala
Global IME Bank Limited

गायक अमात्‍यको जग्गा किर्ते प्रकरणमा ८ जनालाई कैद सजाय

गायक अमात्‍यको जग्गा किर्ते प्रकरणमा ८ जनालाई कैद सजाय
New Office

काठमाण्डौ। गायक योगेश्वर अमात्यको नाममा बारामा रहेको १२ बिघा जग्गाको किर्ते कागजात बनाएको प्रकरणमा विशेष अदालतले ८ जनालाई कैद सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अघिल्लो वर्ष २०८० असार २१ गते अदालतमा मुद्दा दर्ता भएको उक्त मुद्दामा अदालतले गत असार २३ गते कसुर ठहर गरेको थियो। त्यही कसुरमा इजलासले आइतबार सजाय निर्धारण गरेको हो।

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई-दुई वर्ष कैद सजाय निर्धारण गरेको छ। मेरलाइन इन्टरप्राइजसहित अन्य चार जनालाई ७ करोड ६० लाख रुपैयाँ जरिवाना पनि उक्त इजलासले सुनाएको छ।

बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्‍द्रराज शाक्यलाई चार-चार वर्ष कैद सजाय सुनाएको छ।

त्यसैगरी रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई प्रति व्यक्ति एक  वर्ष सजाय र ३ करोड ८० लाख जरिवाना सुनाएको हो।

यसमा संलग्न भई फरार रहेका दुई जनालाई गत जेठ ३२ गते सिआइबीले पक्राउ गरेको हो। यस कसुरमा कुल बिगो १९ करोड माग गरिएको थियो।

किर्ते कागजात बनाएर १९ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.