मंगलवार, बैशाख ८,२०८३ 10:48:35
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 10:48:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वचर्चित १६ वर्षीय फुटबलर लामिन यमालका लागि तीन देशबीच प्रतिस्पर्धा : आखिर उनी कुन देशका हुन् ?

Bizshala
विश्वचर्चित १६ वर्षीय फुटबलर लामिन यमालका लागि तीन देशबीच प्रतिस्पर्धा : आखिर उनी कुन देशका हुन् ?
Shivam Cement

काठमाण्डौ। हालै १६ वर्षीय फुटबलर लामिन यामलले विश्व फुटबल जगत्मा निकै चर्चा कमाएका छन्। युरो कप प्रतियोगितामा उनले आफ्नो प्रदर्शनमार्फत विश्वलाई चकित बनाएका छन्। 

बार्सिलोनामा जन्मेका र हुर्केका यमलकी आमा इक्वेटोरियल गिनी र बुबा मोरक्कोका हुन्, यद्यपि उनी स्पेनबाट खेल्छन्। यमलकी आमा र उनकी हजुरआमा बार्सिलोनामा बस्छन्, तर उनकी आमाको परिवारका अन्य सदस्यहरू अझै पनि इक्वेटोरियल गिनीमा बस्छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अफ्रिकामा अवस्थित इक्वेटोरियल गिनी फुटबल महासंघले युरोपियन च्याम्पियनसिपमा लामिन यामालले देखाएको प्रदर्शनले आफ्नो देशमा खेलको प्रवर्द्धन गर्ने बताएको छ।  

इक्वेटोरियल गिनीका फुटबल महासंघका अध्यक्ष भेनेसियो टोमस डोङ मेचाका अनुसार लामिन इक्वेटोरियल गिनीबाट नखेल्ने भए तापनि उनलाई हृदयको धेरै नजिक राखिएको छ। उनी इक्वेटोरियल गिनीको फुटबलमा उत्कृष्टता थप्ने धेरैले विश्वास गरेका छन्।

सानै उमेरमा भए पनि यमलले आफ्नो अलराउन्ड प्रदर्शनले सबैलाई चकित पारेका छन्। यमलले फ्रान्स विरुद्ध गोल र क्रोएसिया, जर्जिया, जर्मनी विरुद्ध असिस्ट गोल गरेर आफ्नो क्षमता प्रमाणित गरेका छन्।

उनले आइतबार इङ्ल्यान्डसँग फाइनल खेल्दै छन् र त्यसको एक दिनपछि उनी १७ वर्षका हुनेछन्। योसँगै यमल युरोकप वा विश्वकपको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बन्नेछन्। हाल पेले विश्वकपको फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी हुन्।

सन् १९५८ मा ब्राजिलले फाइनलमा स्विडेनलाई ५–२ ले हराउँदा पेले १७ वर्ष २४९ दिनका थिए। यो खेलमा पेलेले दुई गोल गरेका थिए। यमाल १६ वर्ष ३६१ दिनको उमेरमा युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्।

यससँगै उनी बार्सिलोनाबाट लिग खेल सुरु गर्ने सबैभन्दा कान्छो खेलाडी ९१६ वर्ष ३८ दिन० हुन् र उनी ला लिगाको इतिहासमा ९१६ वर्ष ८७ दिन० सबैभन्दा कान्छो गोलकर्ता हुन्। यी सबै कीर्तिमान तोड्न कसैको लागि धेरै गाह्रो हुनेछ।

इक्वेटोरियल गिनी दुई भागमा विभाजित देश हो। यसको राजधानी मलाबो द्वीप क्षेत्रमा अवस्थित छ। यसको अफ्रिकी मुख्य भूमि भागको सबैभन्दा ठूलो सहर बाटा हो, जहाँ यमलकी आमाको जन्म भएको थियो। पछि स्पेन गएर वेट्रेसको रुपमा काम गर्न थालिन्।

यहाँ उनले यमलका बुबालाई भेटिन्, जसबाट उनी अहिले अलग भइसकेका छन्। सानो देश भए पनि इक्वेटोरियल गिनी पछिल्लो दुई अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा पुगेको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.