Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 12:39:00
Bizshala
Global IME Bank Limited

ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम सुचीसहित हेर्नुहोस् !

ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१  जना मन्त्रीको नाम सुचीसहित हेर्नुहोस् !
New Office

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने २१ जना मन्त्रीको नाम टुंगिएको छ। मन्त्रीको नाम टुंगिएसँगै नवनियुक्त प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीहरु राष्ट्रपति कार्यालय पुगेका छन्। 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपाली कांग्रेस, नेकपा (एमाले),जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आ-आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरू पठाएका हुन्।

कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूको शपथ सोमबार नै हुनेछ।

कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाउने भएको छ। सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुनेछन्।

साथै गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन्।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री बन्ने भएका छन्।

यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन्।

यी हुन् शपथ लिन लागेका २१ मन्त्री:

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.