मंगलवार, बैशाख ९,२०८२ 10:59:24
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 10:59:24
IME remit
Global IME Bank Limited

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

Hyundai Nepal
ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा
Nabil Bank Limited

काठमाण्डौ। ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ। सुचना प्रविधिका प्रतिभाहरुको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थीमध्यबाट ३० जनालाई छनोट गरिएको थियो। प्रतिष्ठित व्यक्तिहरु सम्मेलित निर्णयक मण्डलले गत असार १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सुचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ।

स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका डिन प्रा.डा.शशिधर राम जोशी, शिक्षामन्त्रालयका विज्ञान तथा प्रविधितर्फका सहसचिव इन्दुविक्रम जोशी,सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान,आइएफएनका सहसंस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडियाविज्ञ आकृति खरेल,ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह सम्मेलित समुहले विद्यार्थीहरुको ज्ञान र क्षमताको मुल्यांकन गरेका थिए।

विद्यार्थीहरुलाई नेतृत्व क्षमता, शैक्षिक तिक्ष्णता, सञ्चार कौशल, समुहगत सहकार्य, समयअनुकुल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मुल्यांकन गरिएको थियो। हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान,प्राविधिक ज्ञान र सिप,नयाँ सोचसहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शिर्षकलाई छनोटका आधार बनाइएको थियो।

शिर्षस्थानमा रहन सफल विद्यार्थीहरु आशिष कार्की, एनजीलिना घिमिरे,प्रियाँशु शर्मा ,साधना पन्थी,समिप अर्याल र समृद्धि कार्की हुन्। उनीहरुले अब क्षेत्रीय प्रतियोगितामा भाग लिने छन्। जुन २०८१ को भाद्र महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुनेछ।

अब हुने अन्तिम प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो समुह विस्तार, स्थानीय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट थप मार्गदर्शनको अवसर प्राप्त गर्नेछन्।वास्तविक व्यारपारका अनुभव पनि कार्यक्रममा समावेश छ।

विजेताहरुले चीनको डिजिटल पृष्ठभुमिको अनुभव गर्ने आकर्षक अवसर प्राप्त गर्नेछन्। चीनको सञ्चार प्रविधि क्षेत्र, उच्च प्रविधि कम्पनीसहित कार्य सञ्चालन विधिबारे अन्तरक्रियाको अवसर विद्यार्थीहरुले पाउनेछन्।

ह्वावे नेपालको बारेमा अग्रणी आईसीटी सोलुसन प्रदायक ह्वावे नेपालले विगत २५वर्षदेखि नेपालमा कनेक्टिभिटी विस्तार गर्दै आएको छ। १९९९मा स्थापित, कम्पनीले व्यक्ति, व्यवसाय र समुदायलाई सशक्त बनाउन नवीनता, सहयोग र स्थिरतामा ध्यान केन्द्रित गर्दछ। 

७० प्रतिशतभन्दा बढी जनसंख्या र ८० लाखभन्दा बढी दैनिक इन्टरनेट प्रयोगकर्ताहरुलाई सेवा प्रदान गर्दै आएको ह्वावे नेपालले स्थानीय रोजगारी सिर्जना र सामुदायिक पहलमार्फत महत्वपूर्ण योगदान पुर्याएको छ। 

सन् २०२२मा बेस्ट ट्याक्स अवार्डबाट सम्मानित ह्वावे नेपाल विपद्राहत, डिजिटल समावेशीकरण र सीड्स फर द फ्युचर जस्ता शैक्षिक कार्यक्रमहरूमा पनि अग्रणी छ, जुन पूर्ण रूपमा कनेक्टेड, इन्टेलिजेन्ट वर्ल्ड सिर्जना गर्न प्रतिबद्ध छ।

सिड्स फर द फ्युचरको बारेमा सिड्स फर द फ्युचर डिजिटल प्रविधिमा विश्वव्यापी रूपमा युवा प्रतिभाहरूको पालन पोषण गर्न समर्पित हुवावेको प्रमुख कार्यक्रम हो। 

यसले उद्योग इनोभेसन र क्रस–सांस्कृतिकको आदान प्रदानलाई जोड दिँदै छोटो अवधिको प्रशिक्षण, विश्वव्यापी प्रतियोगिताहरू र चलिरहेको पूर्व छात्र गतिविधिहरू बुझ्नेर अध्ययन गर्न सहभागीहरूलाई अवसरहरू प्रदान गर्दछ।

कार्यक्रमले महिला विद्यार्थीहरूको कम्तीमा एकतिहाइ सहभागिता सुनिश्चित गर्दै विविधता र समावेशीतालाई जोड दिएको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.