सोमबार, असार २,२०८२ 02:26:01
  • सोमबार, असार २,२०८२ 02:26:01
Global IME Bank Limited

ओलीले मन्त्रीलाई दिए १, ६ र १२ महिनाको समयसीमा

Hyundai Nepal
ओलीले मन्त्रीलाई दिए १, ६ र १२ महिनाको समयसीमा
Nabil Bank Limited

काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा नै तोकेर काम गर्न निर्देशन दिएका छन् ।  

सपथ पछि सोमबार २२ सदस्यीय मन्त्रीपरिषदको पहिलो बैठक आयोजना गरेको प्रम ओलीले परिणाम देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारका नवनियुक्त प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रम ओलीले सबै मन्त्रीहरुले एक महिनाभित्र केही न केही फरक गरेर देखाउन समेत निर्देशन दिए ।  

ओलीले अबको ६ महिनाभित्र अहिलेको सरकारले केही न केही काम गर्ने भयो भनेर जनतामा विश्वास जगाउने र एक वर्षभित्रमा प्रष्ट परिवर्तन नै आउने गरी काम गर्न कडा निर्देशन दिएका छन्।  

यसैबीच, यो सरकारले आफूले गरेका निर्णय २४ घण्टासम्म गोप्य राख्ने निर्णय समेत गरेको छ । महत्वपूर्ण निर्णय परिपक्व हुन कम्तीमा २४ घण्टा समय लाग्ने भएकोले यस्तो व्यवस्था गरिएको मन्त्री गुरुङको जिकिर छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.