बिहीबार, श्रावण १४,२०८३ 01:04:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:04:40
Bizshala
Global IME Bank Limited

नेपाल मेडिसिटी हस्पिटल र एसबिआई मर्चेण्ट बैङ्किङबीच सम्झौता

नेपाल मेडिसिटी हस्पिटल र एसबिआई मर्चेण्ट बैङ्किङबीच सम्झौता
New Office

काठमाण्डौ। नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा नेपाल मेडिसिटी हस्पिटल प्रा.लि.का कर्पाेरेट डेभलपमेण्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका हुन्।

उक्त सहमति पत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लि.लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरुले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ।

NSMBL Exclusive Health Checkup Package  अन्तरगत ४० वर्ष भन्दा माथिका पुरुष तथा महिला, ४० वर्ष भन्दा मुनिका महिला तथा पुरुषहरुलाई औषतमा ४० प्रतिशत सम्मछुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने नेपाल मेडिसिटी हस्पिटल प्रा.लि.का कर्पाेरेट डेभलपमेण्ट प्रमुख बास्कोटाले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे।

समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.