बिहीबार, श्रावण १४,२०८३ 01:04:33
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:04:33
Bizshala
Global IME Bank Limited

एक दशकको उत्सवः ग्लोकल टीन हिरो ‘‘मेड इन नेपाल’’

एक दशकको उत्सवः ग्लोकल टीन हिरो ‘‘मेड इन नेपाल’’
New Office

काठमाण्डौ। २०१५ मा स्थापना भएको ग्लोकल टीन हिरो अवार्डले आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ। उनीहरुको उपलब्धि र सामाजिक परिवर्तनप्रतिको समर्पणले अरु युवाहरुलाई पनि प्रेरित गरेको छ।

ग्लोकल टीन हिरोले विगत एक दशक देखि प्रतिभाशालीे युवाहरुको पहिचान र सम्मान गर्दै उनीहरुको प्रतिभालाई विश्व मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। साथै विभिन्न माध्यममार्फत उनीहरुलाई सशक्त बनाएको छ। यो मञ्चको उद्देश्य आफ्नो समुदाय,समाज तथा राष्ट्रका निम्ति महत्वपूण योगदान दिइरहेका युवाहरूलाई प्रोत्साहन दिनु पनि हो। २०१५बाट सुरु भएका ग्लोकल टीन हिर अवार्डसुरुमा काठमाडौँ केन्द्रित थियो। 

विगत एक दशकमा यो अवार्ड देशभरिका किशोरकिशोरीहरुलाई सम्मान गर्ने एक राष्ट्रिय अभियानमा परिणत भएको छ। ग्लोकल टीन हिरो अवार्डको सफलता अब नेपालमा मात्र नभएर यसको लोकप्रियता दक्षिण एसियाली देशहरुमा फैलिन थालिसकेको छ। अहिले ग्लोकल टीन हिरोको फ्रेन्चाईज बंगलादेश, भारत, र श्रीलंकामा पनि हुँदै आएको छ। हरेक वर्ष सेप्टेम्बर १ मा आयोजना हुने ग्लोकल टीन हिरोले सयौँ युवाहरुलाई आ-आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्न प्रेरित गरेको छ।

साथै उनीहरुमार्फत समाजका अन्य युवाहरुलाई पनि आफ्ना प्रेरणादायक कथाहरुले प्रेरित गर्न र धेरै किशोरकिशोरीहरुलाई सामाजिक समस्याहरु सम्बोधन गर्न उत्प्रेरित गरेको छ। ग्लोकल टीन हिरो एक प्लेटफर्मको रूपमा मात्र नभई सामाजिक समस्याका समाधानहरू खोज्ने साथै समाजमा सकारात्मक योगदान गर्ने,किशोरकिशोरीहरुलाई सक्षम बनाउँदै उनीहरुको व्यावसायिक वृद्धि सुनिश्चित गर्ने,र समुदायमा दिगो विकासको पहल गर्ने एक फोरमको रूपमा स्थापित भएको छ। 

प्राविधिक नवप्रवर्तनदेखि सामाजिक उद्यमशीलता सम्मको विविध सीपलाई मान्यता दिएर यस अवार्डले युवाहरुका लागि उपलब्ध अवसरहरुको दायरा विस्तार गरेको छ। आगामी वर्षहरुमा ग्लोकल टीन हिरो आशा र प्रेरणाको प्रकाश–स्तम्भ रहिरहनेछ, जसले किशोरकिशोरीहरुलार्ई दिगो संसारको कल्पना र निर्माण गर्न सशक्त बनाउँदै जानेछ।

यदि तपाईँ वा तपाईँले चिनेको कोही १३ देखि १९ वर्षको हुनुहुन्छ र समाजमा केही प्रभावकारी काम गर्नुभएको छ भने, ग्लोकल टीन हिरो एक उत्कृष्ट प्लेटफर्म हुनसक्छ। राष्ट्रव्यापी संजालमा सहभागी भएर आफ्नो प्रतिभा उजागर गर्न र समाजमा सकारात्मक छाप छोड्नको लागि आजै आवेदन भरौँ।  

आवेदनको बारेमाथपजानकारी तलको लिङ्कमाः

www.glocalteenhero.com

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.